देशको हाल बिर्सिएर घुमघाममा प्रधानमन्त्री

यो पनि पढ्नुहोस

MOC सदस्य गणेश सापकोटालाई सहयोगको अपिल

MOC तेश्रो ANNIVERSARY भब्य तयारी

देशको हाल बिर्सिएर घुमघाममा प्रधानमन्त्री

अर्थतन्त्र चौपट छ, संसद बिजनेसबिहीन छ, डाक्टर र शिक्षकहरू आन्दोलनमा छन्, शासन व्यवस्थामाथि ठूला प्रश्नहरु उठेका छन्, तर यसरी राजकाज चलेको छ कि केही पनि भएको नै छैन । प्रधानमन्त्री नै मन्त्री र सचिवहरू लिएर लम्बेतान भ्रमणमा व्यस्त छन् ।

538Shares
facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
 २०८० असोज ११ गते २१:४९

चीनको औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री प्रचण्ड बिहीबार तिब्बतस्थित धार्मिकस्थल मानसरोवर र कैलाश पर्वतको अवलोकन गर्दै । तस्वीर : प्रदीपराज वन्त/रासस

११ असोज, काठमाडौं । अन्तिम रुप नै नपाएको संघीय निजामती विधेयकलाई संसदमा पेश गर्ने निर्णय गरेर ३० भदौमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभाका भाग लिन अमेरिका उडे ।

न्यूयोर्कमा ६ दिन बिताएपछि प्रधानमन्त्री प्रचण्ड ५ असोजमा अमेरिकाबाटै चीन पुगे, चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शनिबार ह्वाङ्झाउ र प्रधानमन्त्री लि छ्याङसँग सोमबार बेइजिङमा भेटवार्ता गरेपछि राजनीतिक भेटवार्ता सकिएको छ ।

तर प्रधानमन्त्री क्याबिनेटका मन्त्रीहरुसहित घुमघाममा छन् । प्रधानमन्त्री प्रचण्डले चोङकिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेससहित ल्हासाको पोताला दरबार, जोखाङ मन्दिर, कैलाश बे क्याम्प, मानसरोबर भ्रमण सकेका छन् । अझै उनले ‘चेङदु जाइन्ट पान्डा ब्रिडिङ’को पनि भ्रमण गर्ने कार्यक्रम बाँकी छ ।

तर, मन्त्रिपरिषदको निर्णयअनुसार अहिलेसम्म निजामती विधेयक संसदमा पुगेको छैन । मन्त्रिपरिषदको निर्णय प्रमाणीकरण नगर्दै मुख्यसचिव डा. वैकुण्ठ अर्याल पनि ४ असोजमा चीन पुगेका थिए । उनी पनि प्रधानमन्त्रीसँगै ल्हासामा रहेका कारण महत्वपूर्ण विधेयक संसदमा लैजाने निर्णय सार्वजनिक गरेको तीन हप्तासम्म पनि अपुरो मस्यौदा प्रधानमन्त्री कार्यालयमै थन्किएको छ ।

संसद बिजनेसबिहीन छ, संसदमा पेश भएको विद्यालय शिक्षा विधेयकको प्रस्तावित व्यवस्थाको विरोधमा शिक्षकहरुलाई सडक आन्दोलन गरिरहेका छन् । सरकारले नेपाल शिक्षक महासंघसँग ६ बुँदे सहमति गरेपनि राहत र अनुदान शिक्षकहरुको आन्दोलन चलिरहेकै छ ।

Suzuki Dashain Offer

कार्यक्षेत्रमा सुरक्षा माग गर्दै चिकित्सकहरुले तीन दिनदेखि आन्दोलनमा छन् । सुन तस्करीको छानबिनका लागि गठन गर्ने भनिएको उच्चस्तरीय जाँचबुझ आयोग बन्न सकेको छैन । ६ भदौमा दलहरुबीच भएको सहमति अनुसार यो आयोग ५ असोजमा बनिसक्नुपर्थ्यो । तर आयोगको कार्यादेशमा सहमति जुट्न सकेन ।

­

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...