युवा गायक सिजम सिंजाली मगर सम्मानित..

सिजम सिंजाली मगर

MOC

यो पनि पढ्नुहोस

एक दशक अघि देखि नेपाली सांगीतिक क्षेत्रमा क्रियाशील सिजम सिंजाली मगरलाई गृह जिल्ला रामेछापमा शनिवार भव्यताका साथ सम्मान गरेको छ । आधुनिक गायन क्षेत्रबाट आफ्नो जन्मेको माटोलाई उजागर गरेको र आउने दिनहरुमा अगाडी बढ्ने हौसला मिलोस भनेर सम्मान गरेको बृहत् रामेछाप संस्कृति , कला तथा साहित्य सम्मेलन आयोजकले जनाएकोे छ । अग्लेश्वरी हिल्स विकाश कोषको प्रमुख समेत रहेको सिजम अग्लेश्वेरी हिल्शमा चारैतिर फर्केको अग्लो बुद्धको मुर्ति बनाउने अभियानमा जुटेका बताउदै सिजम चाडै सिंगापुर कार्यक्रममा जाने तयारीमा रहेको उनले बताए । विभिन्न साहित्य कला र गायन क्षेत्रमा योगदान दिने क्रियाशील स्रस्टालाई पनि आयोजकले सम्मान गरेको छ ।

रामेछापको आठ वटा गाउपालिका र दुई नगरपालिको प्रमुख आयोजना तथा सचेतना अभियान नेपालको सहआयोजनामा भएको कार्यक्रम विभिन्न बृहत रामेछाप कला, संस्कृति, साहित्य सम्मेलन २०७५ नाम दिएको कार्यक्रमको प्रमुख अथिति प्रदेश न ३ को अर्थ तथा योजना मामिलामन्त्री कैलाशप्रसाद दुंगेलको हातबाट स्रस्टालाई सम्मान गरेको थियो । सम्मानित सिजम सिञ्जालीमगरले भने यो सम्मानले अझै अगाडी बढ्ने हौसला मिलेको बताएका छन् ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...