बोल बोलमा सन्ध्या जोशीको बेजोड प्रस्तुती (भिडियो सहित)

21 September 2020 l Muksu – Korea

नेपाली सांगितीक आकाशलाई चम्किलो र फराकिलो पार्दै आईरहेको Smule Singing Open Group (SSOG GROUP) को तेश्रो बार्षिक उत्सब बिशेष आज २१ सेप्टेम्बर २०२० को साॅंझ “बोल बोल” गितको बिमोचन सभापती गायिका किशु गुरुङ् र गायक एवमं संगितकार निमा शेर्पा ज्युको प्रमुख आतिथ्यतामा सो गितको बिमोचन भएको थियो। बिभिन्न समुहबाट आबद्ध रही १६० जना भन्दा धेरैको प्रत्यक्ष्य सहभागितामा बिमोचित बोल बोल गितको प्रत्यक्ष प्रसारण रेडियो मितेरीबाट भएको थियो। बिमोचित गितको समिक्षात्मक प्रतिक्रियामा प्रमुख अतिथी निमा शेर्पा एवम् लब्द्ध प्रतिस्ठित संगितज्ञ ज्युहरुले आ आफ्नो मन्ब्य तथा शुभकामना ब्यक्त गर्नु भएको थियो भने नेपाल आईडल सातौॅं प्रतिस्पर्धी सन्ध्या जोशी तथा बरिष्ठ गायिका लामा छिरिंग भुटिया ज्यु द्वारा लाईभ सांगितीक प्रस्तुती दिनु भएको थियो।

यो पनि पढ्नुहोस

SSNG Big competition 15 October 2019.

RSG को अन्तिम नतिजा प्रकाशित

विभिन्न मुलुकमा कर्मथलो बनाउॅदै नेपाली युवा शक्ती द्वारा स्थापित SSOG स्थापनाको तेस्रो बार्षिक उत्सबको अवसर पारेर गायक तथा संगितकार निमा शेर्पाको शव्द संयोजन तथा नव गायिका रितिष्मा लिम्बुको आवाजमा रहेको बोल बोल गीतको बिमोचनसँगै अन्तरकृया कार्यक्रम गर्दै सस्थाको आगामी कार्यदिशा तय गर्ने आयोजक बिशेष श्रोतले जानाएकोछ। एल्बम बिमोचनको तयारी क्रममै आयोजीत अनौपचारिक कार्यक्रमले पनी सहभागिता ऐतिहासिक कायम गरेको थियो।

भिडियो लिंक

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...