रामेछापको दोरम्बा गाऊँपालिकामा IWFN डोजो कराँते उर्लिदै…

रामेछापको दोरम्बा गाऊँपालिकामा IWFN डोजो कराँते उर्लिदै...

MOC News रामेछाप।

यो पनि पढ्नुहोस

Opration success

आईडब्लुएफएन कराँते डो संघको दोरम्बा शाखा डोजो उद्घाटन भएको छ । गत बुधबार रामेछाप जिल्लाको दोरम्बा गाऊँपालिका वडा नं ३ स्थित  टोकरपुरमा उद्घाटन भएको सो डोजो रामेछाप जिल्ला संघको पाचौं शाखा हो ।

कार्यक्रममा IWFN कराँते दोरम्बा शाखाको १५० भन्दा खेलाडीहरुको उपस्थितीमा कराँते प्रदर्शनी र स्थानिय कलाकारहरुबाट विविध सांस्कृतिक कार्यक्रम समेत संचालन भएको थियो ।

कार्यक्रममा कमान सिंह मोक्तान, उपाध्यक्ष कृषाला घिसिङ्ग, पूर्व सभासद तथा नेकपाका नेता देवशंकर पौडेल र डिल्लीमान तामाङका साथै उक्त गाउँपालिका भित्रका वडा प्रमुखहरुको उपस्थितीरहेको थियो ।

कार्यक्रम कराँतेका केन्द्रिय प्राविधिक  समितिका कोषाध्यक्ष एवम् रामेछाप जिल्ला प्रमुख ज्ञान बहादुर थापामगरको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम रामेछाप जिल्ला सचिव सरोज थापाले संचालन गरेका थियो ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...