उपाध्यक्ष कपमा काभ्रे च्याम्पियन

 MOC News, Kathmandu 19 December

गाउपालिका उपाध्यक्ष कप प्रदेश स्तरीय वादाे कराते प्रतियोगितामा काभ्रे जिल्ला टिम च्याम्पियन बन्न सफल भएको छ । दाेरम्बा गाउपालिका केन्द्र टाेकरपुर, रामेछापमा भएको प्रतियोगितामा काभ्रे जिल्ला टिमले ६ स्वर्ण ३ रजत र ४ कास्य सहित टिम प्रथम, रामेछाप जिल्ला ४ स्वर्ण २ रजत ७ कास्य सहित टिम दाेस्राे र ललितपुर जिल्ला ३ स्वर्ण ४ रजत ७ कास्य सहित टिम तृतीय बन्न सफल भयाे भने अनुशासित टिम सिन्धुपाल्चोक जिल्ला टिम हुन सफल रह्यो ।

यो पनि पढ्नुहोस

Main Course of Indian Curry House

AST FREE COMPETITION!

दुई दिने उक्त कराते प्रतियोगितामा पुरुष तर्फ रामेछाप जिल्लाका सन्दिप श्रेष्ठ र महिला तर्फ ललितपुरका इन्दिरा श्रेष्ठ उत्कृष्ट खेलाडी बन्न सफल भए । उदियमान खेलाडी तर्फ काठमाडौका भूमि थापामगर महिला र रामेछापका सुरज विक बन्न सफल भए ।दाेरम्बा गाउपालिकाकाे आयाेजनामा र आई. डब्लु. एफ्. एन्. कराते डाे संघ रामेछाप जिल्ला डाेजाेकाे सह
आयाेजनामा भएको प्रतियोगितामा ९ जिल्लाका २०० भन्दा बढी खेलाडीहरुकाे सहभागिता रहेकाे थियोे ।

विजयी खेलाडीहरुलाई, समापन समारोहका प्रमुख अथिति ३ नं. प्रदेश सांसद शान्ति प्रसाद पाैडेल, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, जिल्ला समन्वय समिति प्रमुख प्रेम खड्का, दाेरम्बा गाउपालिका अध्यक्ष कमान सिं माेक्तान, खाडादेवी गाउपालिका अध्यक्ष प्रेम तामाङ, दाेरम्बा गाउपालिका उपाध्यक्ष कृशला घिसिङ, रामेछाप जिल्ला खेलकुद विकास समिति अध्यक्ष पुरुषाेत्तम कडेरिया लगायतका अथितिहरुबाट मेडल, ट्रफि तथा प्रमाणपत्र वितरण गरिएको थियोे ।

प्रतियोगिताको एक भव्य कार्यक्रम बिच आई.डब्लु.एफ्.एन्. कराते संघका अध्यक्ष एवम् प्रदेश शभा सांसद माननीय लक्ष्मण लम्साल उद्घाटन गरेका थिए साथमा चर्चित कलाकारहरुकाे प्रस्तुति र स्थानीय बासीहरुकाे उल्लेख्य उपस्थिति रहेकाे थियोे ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...