“सवाल जवाफ – मुक्तक दोहोरी” निर्मला योन्जन VS कृष्ण अधिकारी

                   “सबाल जवाफ – मुक्तक दोहोरी”                       

कृष्ण
आँखा होइन आँखाका ,नानी बनाउदैछु।
समेटेर सिङ्गो जीवन ,कहानी बनाउदैछु।
एउटा् सुन्दर पिरतीको दरबार छ त्यहाँ ,
मै बनुला राजा तिमीलाई,रानी बनाउदैछु।।

                                      निर्मला

म त तिम्रो रानी तिमी मेरो राजा
आउनु अब लिन बजाएर बाजा
माया गर्नु सधैंभरि तिमीले पनि
मैले पनि गर्छु सधैं ताजा ताजा

कृष्ण

आउछु तिमीलाई लिन अब डोलि सजाएर
एहि मंसिरमै लान्छु तिमीलाई बाजा बजाएर
दुनियाँको नौलो जोडि हाम्रो हुनेछ अब
सुखले बसौली यो दरबारमा नोकर कजाएर ।।

निर्मला

धनको होइन मनको माया दिए पुग्छ।
विगतमा दुखेको यो घाउ सिए पुग्छ।
जिन्दगीभर सुख दुःख गरौंला हामी
यो मेरो हातमा हात साथ लिए पुग्छ।

कृष्ण

यो मेरो मनले तिमिलाइ नै रोजेको छ ।
दुखपर्दा साथ दिने तिम्रो हात बोकेको छ ।
सपनामा पनि तिमिलाइ नै देख्छु अचेल
हाम्रो जोडि संसारकै भिन्दै बनाउने सोचेको छ ।।

यो पनि पढ्नुहोस

बनम्यारो क्यान्सर रोगी रबिनले हात जोडे

भजन संग्रह बिमोचन

निर्मला

हाम्रो सम्बन्धमा दुष्टको आँखा नलागोस्
बरु हामी देखि सबैजना पर पर भागोस्
वर्षौं वर्ष बाच्नु तिमी भनी माग्छु म सधैं
तिमीले पनि मेरो लागि सदा सदा मागोस्

कृष्ण

त्यो सबैको हामिले साथ छोड्नु पर्नेछ
हाम्रो मायामा अँखालाउनेलाइ तोड्नु पर्नेछ
कति हिड्नु उनिहरुको पछी लागि मात्र,
अब त पुरै परिक्रमा मोड्नु पर्नेछ ।

निर्मला

तिम्रो र मेरो अब छुट्टै घर हुनेछ।
त्यसपछि मेरो परिवर्तन थर हुनेछ।
म तिम्रो सधैंको लागि भएपछि त
तिमी मेरो मात्रै हकको वर हुनेछ।

कृष्ण

जीवन मा तिम्रो नै कमी सधै थियो सानु
खै तिमिले मलाई माया कति दियो सानु
फुल्दै थियो तिमी यो मनको बगैचा भरि
तिम्रो फाटेको मन अब मैले सियो सानु

निर्मला योञ्जन            VS              कृष्ण अधिकारी

           सिन्धुली                                          बर्दिया

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...