“मुक्तक दोहोरी” निर्मला क्षेत्री जलन vs मुक्तक प्रेमी

                                “मुक्तक दोहोरी”                                       

(१)मुक्तक
सितल दिने पिपलु र बर हुनेछ।
हाम्रो पनि सानो एउटा घर हुनेछ।।
छिट्टै अब तिमिलाइ मेरो बनाउँछु।
तिम्रो नमको पछाडि मेरो थर हुनेछ।।
कृष्ण

(2)मुक्तक
भोली फेरी अन्तै बसाई सारेर जान्छौ कि
तिमिले मेरो मन मा धेरै पिर पारेर जान्छौ कि
सजिलै संग भन्यौ आज आफ्नो बनाउछु
डर लाग्छ कतै जिन्दगी बिगारेर जान्छौ कि
निर्मला

(३)मुक्तक
बिश्वास गर सानू म छोडी जाँदिन।
खाएका बाचा कसम तोडि जाँदिन।।
सधैंभरी माया नै मायाले बाध्ने छु।
सङ्गै हुनेछु सधै बाटो मोडि जाँदिन ।।
कृष्ण

(४)मुक्तक
हेर प्रिय तिम्रो अनि मेरो एउटै सास हुनेछ
मलाई तिम्रो तिमिलाई मेरो विस्वास हुनेछ
एक्लो पारेर कतै छोडेर गयौ भने मलाई
हेर्नू आत्मा हत्या गर्छु मेरो मात्र लास हुनेछ
निर्मला

(५)मुक्तक
चिन्ता नगर हाम्रो माया हाम्रो खास हुनेछ।
केही दिनमै तिमिलाइ मेरो बिश्वास हुनेछ।।
छोडी जाँदिन कसम तिमिलाइ कैले पनि ।
दिन होस या रात तिमिसङ्गै मेरो बास हुनेछ।।
कृष्ण

यो पनि पढ्नुहोस

११ असोज, २०८० – बिहिवार – आजको राशिफल

‘माया मोहनी’मा रक्षा र एन आर बिनोदको…

(६)मुक्तक
रातो,साडी, सिन्दूर अनि चोली लिएर आउनु
दुहला बनेर जन्ती अनि डोली लिएर आउनु
हाम्रो मायामा आखा लगाउन सक्छन कसैले
मेरो जिन्दगी मा खुशीको खोली लिएर आउनु
निर्मला

(७) मुक्तक
भोलि नै म पन्चे बाजा बजाइ आउदैछु।
तिम्रोलागी रातो डोलि सजाइ आउदैछु।।
चिन्ता न लेउ सानू अब तिमिले कत्तिपनी।
तिमिलाइलिन भनि जन्ती कजाइ आउदैछु।।
कृष्ण

(८) मुक्तक
नया परिवार अनि नया घर फेरिदै छ मेरो अब
घर संगै जिन्दगी को रहर फेरिदै छ मेरो अब
अरे खुशी कसरी सुनाउ तिम्रो अगाडि मैले
नाम को पछाडि तिम्रो थर फेरिदै छ मेरो अब
निर्मला

(९)मुक्तक
घरको छेउमा पिपलु र बर सार तिमी
माइत थियौ पैला अब घर सार तिमी ।
आइ मेरो जिबनमा हरियाली छाउँदै।
मेरो नामको पछाडी थर सार तिमी ।।
कृष्ण

(१०)मुक्तक
तिम्रो माया यो मुटु मा सजाउने छु म
हेरेर तिम्रो अनुहार मा लजाउने छु म
मेरो रिस डाहा गर्ने हरु सबै सबै लाई
हिडेर तिम्रो साथ मा जलाउने छु म
निर्मला

निर्मला क्षेत्री जलन              VS                    कृष्ण अधिकारी

     सल्यान                                                       बर्दिया

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...