बुधबार साँझसम्म प्राप्त नतिजाका आधारमा प्रत्यक्षमा कांग्रेसले १७ सिटमा जित हासिल गरेर ४० सिटमाअग्रता लिइरहेको छ । एमाले ६ सिटमा जित निकाल्दै ३८ सिटमा अग्रता लिइरहेको छ भने माओवादीले ३सिटमा जित निकाल्दै १३ वटा सिटमा अग्रता लिइरहेको छ ।
तर घण्टी चुनाव चिह्न भएको रास्वपाले माओवादी केन्द्रको भन्दा एक सिट बढी ४ सिट हात पारेको छ भने ५वटा सिटमा अग्रता बनाएको छ ।
त्यस्तै समानुपातिक तर्फको प्रारम्भिक मत परिणामअनुसार एमाले पहिलो स्थानमा छ भने कांग्रेस ३० हजारमतले पछाडि छ । बुधबार साँझसम्म एमालेको ३ लाख ८ हजार ३७५ मत पाउँदा कांग्रेसले २ लाख ८७ हजार५२१ मत पाएको छ ।
रास्वपाले १ लाख ५४ हजार ९६६ मत पाउँदा माओवादी केन्द्रले १ लाख ४१ हजार ३८१ मत पाएको छ ।समानुपातिकतर्फ रास्वपाले ल्याएको मत परिणामले माओवादीको निर्णायक शक्ति बन्ने सम्भावनालाई झनैकमजोर बनाउने देखिएको हो।