पश्चिमी वायुका कारण देशभरको मौसम बदली, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ – शनिबार (आज) मुलुकभर पश्चिमी वायुको प्रभाव देखिएको छ । सोही वायुका कारण मौसममा बदली भएर वर्षा हुने सम्भावना बढेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्का वर्षा भएको छ । आज दिउँसो दिनभरि नै मुलुकभर आंशिकदेखि सामान्य बदली रहने छ ।

यो पनि पढ्नुहोस

ANSG RESULT

देशको पहाडी भू९भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको । उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको सम्भावना समेत रहेको छ ।

आज राति गण्डकी, बागमती र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । गण्डकी, बागमती प्रदेश र प्रदेश नं १ को पहाडी भू९भागका एक दुइ स्थानमा मेघ गर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

विभिन्न क्षेत्रमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित वर्षा तथा हिमपातको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...