काँठे दोहोरीमा पनि मेलिना राईको धमाकेदार प्रस्तुती “मचाउनलाई धूम” भिडियो गीत सार्बजनिक।

काठमाडौ। नेपाली लोक दोहोरी गीतको संरक्षणमा निरन्तर लागी परेका गायक बिक्रम गौतम र सुमधुर स्वरकी धनी चर्चित गायिका मेलिना राईको आवजमा “मच्चाउनलाई धूम” गीतको भिडियो सार्बजनिक भएको छ।

रामेछाप जिल्लाको बिभिन्न ठाउँहरूको नाम गीतमा समेटिएको छ। आफनी मायालुलाई राकाथुम घुम्न जानलाई आग्रह गरेको छ भने आफ्नो माँन्छेसँग राकाथुम घुम्न जानलाई हत्तारिएकी छिन गायिका मेलिना राई पनि।
यस गीतको भिडियो रामेछाप जिल्लाको राकाथुम गाउँको आसपासमा छायाँकन गरिएको छ।
टिकाराम श्रेस्ठ र बुद्धिमान मोक्तानको शब्द तथा बिष्णु तामाङको एरेन्जमा बिक्रम गौतमको संगीत रहेको छ।

उक्त भिडियो गीत सागर गौत्तमको छायाँकन , पदम सुबेदीको सम्पादन तथा खमेश श्रेस्ठको निर्देशन भिडियोमा रहेको छ । यस गीतको भिडियोमा टिकाराम श्रेस्ठ, आयुषमा कार्की,दिल्माया श्रेस्ठ, शंकर श्रेस्ठ र भगवान खत्रीको अभिनय रहेको छ ।

“मच्चाउनलाई धूम” गीतको पूरा भिडियो।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...