नमूना बाल गृहको आवासीय भवन मुख्यमन्त्री राईद्धारा उद्घाटन

मोरङको उर्लाबारी–७ स्थित नमूना बाल गृहको नवनिर्मित सुविधासम्पन्न आवासीय भवनको उद्घाटन गरिएको छ ।
आज प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले भवनको उद्घाटन गरेका हुन् । डेढ करोडको लागतमा निर्माण गरिएको उक्त दुई तले भवनमा २० वटा कोठा रहेका छन् । लायन्स क्लब इन्टरनेशनल फाउण्डेशनबाट १ करोड १४ लाख, लायन्स क्लब अफ उर्लाबारी ४ लाख, लायन्स क्लब अफ उर्लाबारी आस्था ४ लाख, लायन्स क्लब अर्फ इन्टर्न मोरङ ४ लाख, लायन्स क्लब अफ विरानगर गुराँसको ४ लाख र बाल गृहको २० लाख रुपैयाँ गरी डेढ करोडमा भवन निर्माण गरिएको लायन्स क्लब अफ उर्लाबारीका अध्यक्ष नितम कार्कीले जानकारी दिए । शान्ति निर्माण सेवा काठमाडौंले ठेक्का लिएको सो भवन कोरोना भाइरसको संक्रमणका कारण निर्धारित समयमा भने सम्पन्न हुन नसकेको र दुई महिना थप गरी निर्माण सम्पन्न भएको थियो । कार्यक्रममा मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभाका सांसद घनश्याम खतिवडा, प्रदेश सांसद कुलप्रसाद साम्बा (लिम्बू)लगायतले बोलेका थिए ।
४६ जना आश्रित उक्त गृहमा आवश्यक भवनको अभावमा कष्टकर तरिकाले बस्नु पर्ने बाध्यता भवन निर्माणसँगै हटेको अध्यक्ष मिना बरालको भनाई छ । लान्यस क्लबको कारण गृहका बालबालिकाको मुहारमा खुशी छाएको भन्दै सहयोगीप्रति अध्यक्ष बरालले आभार ब्यक्त गरिन् ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...