“एस.एस.ओ.जी.ग्रुपको सामाजिक अभियान”हावाहुरी प्रभावित बरा पर्सामा राहत बितरण सम्पन्न”

साइप्रस, शनिवार,२८ अप्रिल ,२०१९ जेनिथ लामा—एस एस अाे जि ग्रुप द्वारा मार्च,३१,२०१९ आईतबार साँझ बरा र पर्सामा घटेको प्रलयकारी आँधी तुफान पीडितहरुलाई अप्रिल,२२,२०१९ सोमबार राहत बितरण हालसालै सम्पन्न भएको छ।

अनलाइनको माध्यम बाट हामी सक्छौ मूल नाराका साथ स्थापित एस.एस.ओ.जी अर्थात् स्मुल सिङ्गिङ ओपन ग्रुपले समाजमा लुकेर बसेका प्रतिभावान ब्यक्ति हरुको लागि स्मुल एप्लिकेशन अनि लाईन जस्ता एप्लिकेसनको सदुपयोग गरी दोहोरो अनलाइन माध्यमबाट धेरै अवसरहरू प्रदान कार्य भइरहेको छ। पहिलो प्राथमिकता गीत संगीतमा रुचि राख्नुहुने ब्यक्ति हरुलाई वहाँको कला अनि गलालाई सम्मान गर्दै एस.एस.ओ.जी ग्रुप कै माध्यम बाट स्टुडियोमा गीत रेकर्डिङ

म्युजिक भिडियो मा मोडलिङ ,गायन प्रतिभा प्रतिस्पर्धा र अन्य सामूहिक कार्यक्रम जस्ता कार्यहरू पनि धमाधम भइरहेको समुह व्यवस्थापन समिति का पदाधिकारी हरु बताउँछन्।
हौसला आदान प्रदानको सिलसिला जारी नै रहेको र साथसाथै विपत्ति आइपरेको खण्डमा हामी सबै एक हौं भन्ने धारणाका साथ एकजुट भएर अन्य सामाजिक क्रियाकलपहरुमा पनि
ठूलो योगदानको कार्य गतिविधि बारे थप जानकारी लिन तलको लिंक क्लिक गरी हेर्न सक्नुहुनेछ।

Website- hptts//ssogmusicgroup.com
Gmail- ssoggroup56@gmail.com
Facebook page-https://www.facebook.com/smulesingingopengroup/
Facebook account-https://www.facebook.com/ssog.singing
Instagram account
hptts/Ssog pariwar.
उत्कृष्ट कभर गीतलाई छनोट गरी
media partner:miteree FM 98.2 Mhz र WWW.Miteree.com मार्फत हरेक हप्ता प्रसारण गर्दै आएको बताउनु भएको छ।

इन्टरनेट प्रयोग गर्न धेरै नै युवा युवतीहरुले रुचाउँदै दिनप्रतिदिन इन्टनेरट प्रयोकर्ताको संख्या बढी राखेको अवस्थामा एस एस ओ जी ग्रुपले ठूलो योगदान दिएको छ।
एस एस ओ जी ग्रुपले विगत केही लामो समय अगाडि गरिएको सामूहिक तथा सामाजिक योगदान कार्यको बिबरण:

प्रसङ्ग १-जलजला बहिनी बचाउ अभियान!

राहद बितरण जम्मा रुपैयाँ:रु. १७०,१०१,००/-

प्रसङ्ग २-असाहय क्यान्सर पिडित आमा सहयोग अभियान!

राहद बितरण जम्मा रुपैयाँ: रु.१५०,८६५.५४/-

प्रसङ्ग ३-विगत लामो समय अगाडि महान चाड २०७५ सालको बड़ा दसैँ तथा शुभ दिपावलीको पावन अवसर पारी एतिहासिक तिहार विशेष गायन प्रतियोगिता आयोजना गरी कार्यक्रममा सहभागी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने स्मुलको दुनियामा आफ्नो छुटाछुटै पहिचान बनाउन सफल २४ ओटा समुह हरु र साथमा सम्पूर्ण स्मुल प्रयोगकर्ता बीचको धमकादर गायन प्रतिस्पर्धाका साथ सब्य र भब्य ढंगले कार्यकम समापन गरिएको थियो।

प्रसङ्ग ४-हालसालै हावाहुरी प्रभावित बारा र पर्साको प्रलयकारी आधीतुफान पीडितहरुलाई एस एस ओ जी ग्रुपले समुह भित्र आबद्ध सम्पूर्ण पदाधिकारीहरु को सहयोगी हात अनि सहयोगी भावको एकमुष्ठ समिश्रणबाटै केही राहत रकम सङ्कलन गरी उक्त रकमले ब्याए जति हावाहुरी प्रभावित पीडितहरुलाई तत्काल आबश्यक सर-सामग्री ,घाँस ,बास ,कपास को रूपमा :
७५ बोरा चामल,
५ बोरा आलु,
१५० पाकेट नुन,
१० कार्टुन चाउचाउ,
१०कार्टुन तेल,
को व्यवस्था गरिएको थियो र साथै केही आर्थिक रकम सहयोग गरी रहात बितरण कार्यक्रम सम्पन्न गरिएको थियो।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...