जहान्वी बस्नेतले पहिलोपटक हात पारिन सर्बोकृष्ट नायिका अवार्ड

काठमाडौं । पछिल्लो पुस्ताकी लोकप्रिय नायिका जहान्वी बस्नेतले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छिन् । सोमबार राजधानीमा आयोजित डि सिने अवार्डको १३ र १४ औं श्रृङ्खलाको कार्यक्रममा नायिका बस्नेतले सर्वोत्कृष्ट अवार्ड पाएकी हुन् ।
उनीसँगै विभिन्न नायिकाहरु अवार्डको नोमिनेशनमा परेको भए पनि प्रतिस्पर्धी अन्य नायिकाहरुलाई पछि पार्दै उनले लक्ष्मीपूजा नामक चलचित्रबाट अवार्ड हात पार्न सफल भइन् । नेपाली सिने उद्योगमा भद्र एवम् वौद्धिक नायिकाको छवि बनाएकी उनलाई चु्जी नायिकाको रुपमा समेत चिनिन्छ।

यो पनि पढ्नुहोस

AST FREE COMPETITION!

छायाँछवि क्रियसनको आयोजनामा हुने डि सिने अवार्डमा यसपटक निर्णायक कमिटीको संयोजकमा मोहन निरौला रहेका थिए भने राजेन्द्र उप्रेती, सन्तोष श्रेष्ठ र सोविता सिंखडा सदस्य रहेका थिए । आयोजक कमिटीका अध्यक्ष भनेशा न्तिप्रिय हुन् ।
पारिवारिक रगतमै चलचित्र लिएर जन्मिएकी जाहान्वी चर्चित निर्माता, निर्देशक तथा लोकप्रिय नायक जयकिशन बस्नेतकी छोरी हुन् । यद्यपी हाल भने उनले आफ्नो कुसल अभिनय र नृत्य क्षमता प्रस्तुत गरेर परिचय स्थापित गरिसकेकी छिन् । नेपाली चलचित्र क्षेत्रमा उनको आफ्नै पहिचान स्थापित भएको छ ।

उनले पञ्चायत, सुब्बा साप, हिरो नं. १, धूम ४, यात्रा, चोर पुलिस र लक्ष्मी पूजा नामक चलचित्रहरुमा अभिनय गरेकी छिन् भने हाल ब्ल्याक छायाँको छायाँकन भइरहेको छ ।
उनले सर्वोत्कृष्ट नायिकाको अवार्ड पाएको चलचित्र लक्ष्मी पूजा सलोन–सलिना फिल्मस् प्रा.लि.को ब्यानरमा निर्मााण भएको हो । यस चलचित्रमा जाहान्वीले दोहोरो भुमिका निर्वाह गरेकी छिन् । जयकिशन बस्नेत, निर शाह तथा अस्मिता जुरेली लगायतका कलाकारहरुले अभिनय गरेको चलचित्रको निर्देशन समिर मियाँले गरेका हुन् ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...