नेपाल स्टार एलिना गुरुंगले मच्चाए कोरियामा धुम।

South Korea 01 January 2024

नेपाल स्एटार लिना गुरुंगले कोरियामा सांगितिक धुम मच्चाएका छन्। तमु धी दक्षिण कोरिया थेगु शाखाले भब्य रुपमा आयोजना गरेको कार्यक्रम्मा गुरुंगले धुम मच्चाएका हुन्। हरेक बर्ष जस्तै यस बर्ष पनी तमु धी दक्षिण कोरिया थेगु शाखाले यो कार्यक्रम आयोजना गरेको हो। नेपालबाट नेपाली गायिकाको रुपमा नेपाल स्टार बिजेता एलिना गुरुंगको बिशेष प्रस्तुतीमा सो कार्यक्रम सम्पन्न भएको हो। एलिना गुरुंग नेपाल स्टार बिजेताका साथै कन्टेन्ट क्रिएटर हुन्। एलिनाका धेरै गितहरु रेकर्डेड छन् भने दर्जनौँ गितहरु रेकर्डका क्रम्मा रहेका छन्। कोरिया कन्सर्टकै क्रम्मा जाले रुमाल नामक एक गित पनी आफ्नै युटुब च्यानल Elina Gurung बाट रिलिज गरेकाछन् एन.आर.एन.ए एवम् एन्.सि.सि अध्यक्ष बिपिन कुमार गुरुंगको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमका संयोजक दुर्गा गुरुंग रहेका थिए भने कलाकार बिशेष स्पोन्सर्डको रुपमा थेगु रेस्टुरेण्ट ब्यबसायी चिरन्जिबी पाण्डे रहेका थिए।

ल्होसार तीज एवम् बिभिन्न नेपाली पर्बहरुमा नछुटाई यस संस्थाले ब्रिहत रुपमा कार्यक्रम आयोजना गर्ने गर्दछ।

Comments (0)
Add Comment