फ्रान्ससँग नयाँ राफेल किन्दै भारत

काठमाडौं । लद्दाखमा चीनसँगको तनावकाबीच भारतले फेरि नयाँ राफेल विमान भित्र्याउन लागेको छ ।

नोभेम्बरसम्म भारतले फ्रान्सबाट फेरि ४ वटा नयाँ राफेल विमान ल्याउन लागेको हो । फ्रान्स्सँग भारतले यो अगाडि नै ३६ वटा राफेल विमान किनेको थियो ।

भारतले ५८ हजार करोड भारतीय रुपैयाँमा ३६ वटा विमान किनेको थियो ।

केहि महिना अगाडि पनि भारतले फ्रान्सबाट ५ वटा राफेल विमान भित्र्याएको थियो । जो अहिले सीमावर्ती क्षेत्र लद्दाखमा खटाएको छ ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...