काठमाडौं । रुसमा शुक्रवार हालसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् ।
रुसमा आज १५ हजार १५० जना संक्रमित थपिएका हुन् भने २३२ जनाको मृत्यु भएको हो ।
अहिलेसम्म रुसमा कोरोना भाइरसका कारण २३ हजार ७२३ जनाको मृत्यु भएको छ भने १३ लाख ६९ हजार ३१३ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै १० लाख ५६ हजार ५८२ जना संक्रमण मुक्त भएका छन् भने २ लाख ८९ हजार ८ जना उपचाररत छन् । त्यहाँ २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।