‘माया मोहनी’मा रक्षा र एन आर बिनोदको रोमान्स-भिडियो सहित

काठमाडौँ / लोकप्रिय हाँस्य सिरियल सक्किगोनीकी चर्चित कलाकार रक्षा श्रेष्ठ अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘माया मोहनी’ बोलको गीत गायक तथा संगीतकार मानसी किरणको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन्। सार्वजनिक रोमान्टिक ‘माया मोहनी’ गीतमा मानशी किरण र गंगा गजमेरको स्वर रहेको छ।

बिष्णु इन्सान मगरको शब्द रहेको गीतमा गायक किरण कै संगीत रहेको छ । भिडियोमा रक्षासंगै एन आर बिनोदको अभिनय रहेको छ। जेबिआर सनमले निर्देशन गरेको भिडियोलाई रेशम दर्लामीले खिचेका हुन्। भिडियोका सम्पादन उत्तर राना मगर हुन्।

यो पनि पढ्नुहोस

Dipesh Pun, son of former Vice President, arrested Police…

गायक तथा संगीतकार किरणका यस अघिका गीतमा पनि राम्रो प्रतिक्रिया पाएका थिए । उनि सार्वजनिक ‘माया मोहनी’ गीतबाट पनि राम्रो प्रतिक्रिया पाउँनेमा आशाबादी छन् । त्यस्तै गायिका गंगाले अहिले डान्सिङ गीतले मार्केटमा छाप जमाइरहेता पनि मेलोडी गीतका पनि आफ्नै दर्शक स्रोता भएकाले गीतले राम्रो चर्चा पाउँनेमा आशाबादी रहेको बताइन् । हेर्नुहोस् भिडियो :

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...