नेपाल सरकारले यस्तो दिने भएपछि पप गायक धिरज राई मख्ख

काठमाडौं । १२ वर्ष देखि बुद्ध अभियान चलाउदै आएका पप गायक धिरज राईलाई नेपाल सरकारले राष्ट्रिय पदक दिने घोषणा गरेको छ । वुद्धको जन्म भूमिबारे फैलाईएको भ्रम विश्वबाट हटाउने उनको अभियानको मूल्याङ्कन गर्दै राष्ट्रले “प्रवल जनसेवा श्री चतुर्थि” विभुषण प्रदान गर्ने निर्णय गरेको हो ।

अंग्रेजी विषयमा एम.ए.पढ्दै गर्दा एउटा पुस्तकमा वुद्धको जन्म भारत भएको लेखिएको देखेपछि उनले यसको विरोध गरेका थिए । उनकै प्रयासबाट यो पुस्तकलाई पाठ्यक्रमबाट हटाइयो । यस्ता गलत पुस्तकहरु संसारबाट नहटाइकन वुद्ध भ्रम नहट्ने उनलाई लाग्यो । त्यसैले विश्वबाट यस्ता गलत सामाग्रीहरु हटाउनको लागि विश्व भ्रमणमा उनी लागे । हालसम्ममा २५ वटा देशहरुमा उनी गइसकेका छन् र अरु देशमा पनि जाने क्रममा छन् । विश्वका करिब ५०% पुस्तकहरुमा बुद्धको जन्मबारे गलत लेखिएको अभियन्ता राईले बताए ।

२०७४ साल फागुन १९ गतेको दिन काठमाण्डौंको टुडिखेलमा उनकै प्रमुख भूमिकामा वुद्ध वोर्न इन नेपाल कार्यक्रम सम्पन्न भएको थियो । जसमा १ लाख ३० हजार नेपालीहरु वुद्धको जन्मबारेको भ्रम निवारणका लागि जम्मा भएका थिए । जनआन्दोलन पछि स्वस्फूर्तरुपमा यति धेरै नेपालीहरु भेला भएको यो नै दोश्रो पटक हो –केही पत्रिकाहरुमा हेडलाईन समेत बने ।

यो पनि पढ्नुहोस

NGGS अभियान ७ मा पनी

१२३ वर्ष अघि भारतको अंग्रेज शासक र नेपालको राणा शासकहरुको कारणले नै यो भ्रम सिर्जना भएको हो । वुद्ध नेपालको लुम्विनीमा जन्मिएको पहिलो महत्वपूर्ण प्रमाण अंग्रेजहरुले नष्ट गर्नु, अनि नेपालका राणाहरुले वुद्ध जन्मिएको प्रचार–प्रसार सो समयमा नगरेको कारणले करिब १०० वर्ष सम्म त्यस्ता गलत पुस्तकहरु विश्वभरि फैलियो –उनी भन्छन् । विश्व भ्रमणको साथै नेपालमा भने उनी नेपालका पर्यटकीय स्थलहरु अनि एयरपोर्ट–एयरपोर्टहरुमा वुद्धको स्टीकर, ब्यानर अनि होडिङ्गवोर्ड लगाउने अभियानमा छन् ।
विदेशी पर्यटकहरुलाई सत्य तथ्य बुझाउन सकेमा उनीहरुले नै वुद्धको भ्रम चिर्ने विस्वास अभियन्ता राईको रहेको छ । उनको अभियानमा कुलमान घिसिङ्ग देखि डा.बाबुराम भट्टराई सम्म ५० सेलिब्रेटिहरु समावेश छन् ।

स्मरण रहोस् हालै मात्र कोस्टारिकाको उपराष्ट्रपतिलाई पनि वुद्ध भारतमा जन्मिएको भ्रम रहेको कुरा छापामा आएको थियो । तपाई एक्लै मात्र किन ? प्रायले उनलाई सोध्ने गर्छन् । साचो बिचार बाकेको मान्छे कहिल्यै एक्लो हुँदैन । “आई फाइट बेष्ट ह्वेन आई फाइट अलोन्” अर्थात जब म एक्लै लड्छु त्यतिखेर नै म सबैभन्दा राम्ररी लड्छु । गायक यस अभियानका प्रमुख अभियन्ता धिरज राईले हाँस्दै भने ।

भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस् :

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...