- 23 December, 2019 KOREA “नौलो अभियानको नौलो प्रयोग स्तर उन्नतीको लागि हाम्रो सहयोग” भन्ने मुल नाराका स्थापित “स्मुल गायन मैत्री अभियानमा” यहाँहरु सम्पूर्ण सांगितिक सहयात्री मन मुटुहरुमा हार्दिक स्वागत गर्दछौँ। Music Our Choice/MOC र Smule Singing Open group/SSOG ले संयुक्त रुपमा स्थापना गरेको स्मुल गायन मैत्री अभियान ईतिहासकै पहिलो र प्रभाबकारी सांगितिक संगमको रुपमा साबित भएकोछ। यो तहको सफलतामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा हाम्रा शुभेक्षुक र शुभचिन्तक महानुभबहरुको धेरै भन्दा धेरै साथ सहयोग र हौशला रहेकोछ।
हाम्रा उद्देश्यहरु:-
१/ स्मुल तहका सम्पूर्ण समुहरुका लागी पहुँचयोग्य होस् भन्ने हिसाबले सस्तो सुलभ प्रभाबकारी उपयोगी बनाईएको।
२/ फरक फरक ठाउँमा रहेका फरक फरक प्रतिभाहरुको मैत्रीपुर्ण सम्बन्धहरु खोज्ने र जोड्ने।
३/ अफिसियल स्मुल आईडीहरु र त्यसमा आबद्ध सम्पूर्ण सदस्यहरु सक्रिय रहने।
४/ समुह समुह बिचको मैत्री सम्बन्धहरु बढाउँने।
५/ हरेक समुहको अफिसियल आईडी/फेसबुक पेज र युटुब च्यानलहरुमा follow/likes र subscribe बढाउँने।
६/ एक अर्का बिच भईपरि आउँने हरेक समस्याहरुमा सहयोग गर्ने गराउँने।
हाम्रा बिशेषता तथा मापदण्डहरु:-
- हरेकसमुहबाट १/१ जना गरी दुई समुहबाट २ जना निर्णायक भुमिकामाअनिवार्यरहनुपर्ने।
- दुई समुहबिच २/२ जना गायक तथा गायिकाहरु १ महिना सम्म एक अर्काको समुहमा अनुबन्धित रहने।
- अनुबन्धित गायक तथा गायिकाहरुले एक महिना सम्म उच्च स्तरियतालाई ध्यानमा राखी हरेक हप्ताको १/१ ओटा भिडियो गित ईन्भाईट् अनुबन्धित अफिसियलबाट छोड्नु पर्ने।
- अनुबन्धित गायक तथा गायिकाहरु त्यस समयवधी भित्र अनुबन्धित अफिसियल आईडी बाट बाहेक अन्य कुनै पनी आईडीबाट गित ईन्भाईट् छोड्न नपाउँने तर अन्य गितहरुमा भने डुवेट गर्न पाउँने।
- गित छनौटमा हरेक हप्ता फरक-फरक बिधाको रहनु पर्ने। (पहिलो हप्ता पप/दोश्रो हप्ता लोक तेश्रो हप्ता आधुनिक चौँथो हप्ता चलचित्र)
- हरेक founder/judge र inviter ले support को लागी डुवेट गर्नु पर्ने तर निर्णयकबाट बन्चित रहने।
- ईन्भाईट् गितहरुमा दुबै समुहहरुको सक्रिय रुपमा like/comment र डुवेट अनिवार्य हुनु पर्ने। ति क्रियाकलापहरुमा अभियानले बिशेष चासो पुर्बक न्याल्ने।
- हरेक हप्ताको १ जोईनर्सबाट निर्णायको आधारमा ५ उत्क्रिष्ट भिडियोहरु छनौट हुने।
- हरेक हप्ता छनौट ५ भिडियोहरु अभियानले स्तरिय video edit गरी तपाईहरुको facebook page मा upload गर्ने। र ति edited भिडियोहरु likes र views को आधारमा हरेक हप्ता प्रथम बिजेता छानिने र हरेक समुहले weekly winners जेन्सबाट १ र लेडिजबाट १ जनालाई ५०० को रिचार्ज प्रमाण पत्र र अफिसियल स्मुल आईडी बाट invite video गित दुई वटा दिनु पर्ने ।
- हरेक हप्ताको दोश्रो बिजेताको लागी १ जोईनर्स्बाट १ जना audio निर्णायकले छान्नु पर्ने।
- हरेक हप्ताको दोश्रो बिजेतालाई प्रमाण पत्र एवम आवाजहरुको लागी आवाज होस् भन्ने हिसाबले MEETERI FM 98.2 Mhz बाट प्रसारण गरिनेछ।
- रिचार्जको लागी कार्यक्रम सुरु भएको अन्तिम अवधि सम्ममा अभियान को recharge supporter लाई डिपोजिट गर्नु पर्ने।
- ईन्भाटरहरुको सम्मानको लागी अनुबन्धित समुहका सम्पुर्ण management टिम र अभियान्ता टिम सहभागि गराई यस कार्यक्रमको अन्तमा एक ब्रिहत सम्मान तथा बिदाई कार्यक्रम main राख्नु पर्नेछ।
- जुन कार्यक्रममा यस अभियानलाई सफल पार्नमा मुख्य भुमिकामा रहनुभएका अनुबन्धित ४ गायक तथा गायिकाहरुलाई अभियान्ताहरुबाट बिशेष सम्मान पत्र प्रदान गरिनेछ।
पक्कै पनि हजुरहरुलाई हाम्रो अभियान मन पर्यो होला भन्ने पुर्ण आशा र बिश्वास् राख्दछौँ।”नौलो अभियानको नौलो प्रयोग स्तर उन्नतीको लागि हाम्रो सहयोग”
अन्लाईन् अभियान परिवार??
आयोजक:-
??music our choice/MOC
??smule singing open group/SSOG
Official partner:-
??Smule singing open geoup/SSOG
News partner:-
??www.musicourchoice
MOC group
Media partner:-
??Meeteri FM 98.2 mhz
Recharge partner:-
कोशीपारी रामेछाप मोबाईल बिक्री तथा मर्मत सेन्टर KTM
Fb id:-unique Ishwor magar
Ph no. +977 9841763182