तिहारमा भेट्ने बाचा गर्दै दशैंमा यसरी नाँचे प्रहरी (भिडियो सहित)

काठमाडौं । हाल सारा नेपालीहरुलाई बडा दशैं २०७६ को चटारोले छपक्कै छोपेको छ । देशदेखि बिदेशमा रहेका नेपालीहरु मान्यवरको हातबाट आशिर्वाद लिन र बिजया दशमीको टिका ग्रहण गर्न भ्याई नभ्याई गाउँघरमा पुगि रहेका छन् भने देशको सुरक्षाको जिम्मेवारी लिएर बसेका प्रहरीहरु जनधनको सुरक्षा गर्नमा व्यस्त छन् ।

यस्तै अवस्थाको झल्कोमा नेपाल प्रहरी सम्बन्धी एउटा अत्यन्तै रोचक गीतको भिडियो सार्वजनिक भएको छ । हामी सबैको जिम्मेवारी बोलको उक्त गीतमा प्रहरी सेवामै रहेका झोटन मेहताको शब्द रहेको छ भने संगीत र एरेञ्ज राजिव शाहले गरेका छन् । योगेश काजी र पवित्रा गुरुङले गाएको उक्त गीतको भिडियोमा दिपक राज खरेल, रस्मी भट्ट, श्रीधर के.सी., देवराज आचार्य, अद्वैत श्रेष्ठ, अशोक थापा, राजकुमार श्रेष्ठ, तुलसा कार्की, बिराज घिमिरे, रञ्जना भुजेल, रेणु मोक्तान, शेखर खड्का, दिपेन्द्र बि.क., आशा थारु, विष्णु शाह, सिताराम चौधरी, जीवन दिप शर्मा, गंगा बहादुर अधिकारी, योगेन्द्र थारु, मिना कुमारी शाह, राजेन्द्र सुबेदी, घनश्याम परियार, तेजराज दाहाल, प्रकाश फौजा मगर, बासुदेव भण्डारी, सोकर्ण पन्त, राम खड्का, रामकुमार गुरुङ, रञ्जना भुजेल, सम्झना कार्की, बबिता पुरी, कञ्जु महर्जन, राजकुमार सिंह, पवित्रा गुरुङ तथा पवित्रा भुषाल लगायतका कलाकारहरुको सामुहिक अभिनय रहेको छ ।

यो पनि पढ्नुहोस

फुलन्देकी आमा छोरो बने पछी

त्यसै गरी उक्त गीतको भिडियोमा देवराज आचार्यको छायाँकन तथा सम्पादन रहेको छ भने राजिव शाहले निर्देशन गरेका छन् । बाँकी भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् :

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...