राजुको शिवम् मा नायक र खलनायकको यस्तो तमासा (भिडियो सहित)

काठमाडौं । यही असोज १७ गतेदेखि अल नेपाल रिलिजको तयारीमा रहेको चलचित्र शिवम् को ट्रेलर सार्वजनिक भएको छ । राजु गिरीले पछिल्लो पटक निर्देशन गरेको उक्त चलचित्रको ट्रेलर हाईलाईट्स नेपाल मार्फत सार्वजनिक भएको हो ।

एक्सनलाई मुख्य प्राथमिकता दिएर बनाइएको उक्त चलचित्र टे्रलर हेर्दा मिलन बिछोड तथा रोमान्सलाई पनि प्राथमिकता दिएको देखिन्छ । चलचित्रमा शुभेच्छा थापा, रबि गिरी, सोहम भेट्वाल, रस्मी भट्ट, पल्पसा डंगोल, राजकुमार थापा, प्रपि गिरी, मदन सिटौला लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ भने राजु गिरीको कथामा राजन भुजेलले लेखेको चलचित्रको निर्माण पर्वत कार्की र कल्पना खरेलले संयुक्त रुपमा गरेका हुन् । एसके प्रोडक्सनको ब्यानरमा सोहम भेट्वाल प्रस्तुतकर्ता रहेको चलचित्र शिवमको छायाँकन रामेश्वर हुमागाईंले गरेका हुन् भने सुवास देवकोटाले सम्पादन गरेका हुन् ।

यो पनि पढ्नुहोस

TOP 60 Theater Round

चलचित्रको ट्रेलर हेर्न लिंकमा क्लिक गर्नुहोस् :

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...