गायिका पारु रञ्‍जितको”यो पिर ब्यथामा रेनुका सिटौलाको उत्कृस्ट अभिनय

काठमाडौँ / गत सालको तीज गीत (तीजको लहर अमेरिका सम्म) बोलको गीतबाट एकाएक चर्चामा आएकी गायिका पारु रंजितले यो साल पनी तीज गीत संगीत प्रेमीहरुलाई र हिन्दु महिलाहरुको महान चाड तीजलाई मध्यनजर गर्दै”आउ कम्मर भाच्नलाई “बोलको तीज गीत बजारमा ल्याएकी थिइन् र उक्त गीतले पनि चर्चा परिचर्चा कमाएको थियो । तीज सकिए लगत्तै गायिका पारु रंजितको आधुनिक मार्मिक गीत “यो पिर ब्यथा” बोलको गीत भर्खर सार्वजनिक भएको छ ।

यो पनि पढ्नुहोस

Main Course of Indian Curry House

जोगियो महेन्द्रबहादुरको मुख्यमन्त्री पद

गायिका पारु रंजितको तीज गीत,आधुनिक गीत,लोक पप गीतहरु पनि चर्चामा छन् । भर्खर सार्वजनिक भएको गीत “यो पिर ब्यथा’मा चर्चित नायक धिरेन शाक्य र रेनुका सिटौलाको अभिनय रहेको छ । गीतमा शब्द सुमन रानाको रहेको छ भने संगीत देव पुन रहेको छ भने,संगीत संयोजन बिष्णु अधिकारीले गरेका हुन् । गीतको भिडियोमा निर्देशन कमल राईले गरेका हुन् भने ,छायांकन शिव ढकालले गरेका हुन् गीतको म्युजिक भिडियोलाई बिनोद चौधरीले सम्पादन गरेको हो । गीतको भिडियो एकदम मार्मिक बनेको दावी गरेकी छन् गायिका पारु रंजित। गीतको भिडियोलाई ओ एस आर डिजिटल यूट्युब च्यानल’मा हेर्न सकिन्छ ।

 

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...