सितार वादक विजय वैद्यको निधन

यो पनि पढ्नुहोस

RSG Result 60-30

SSOG & MOC IN LIVE CONCERT.

MOC|काठमाडौं- चर्चित सांगीतिक समूह सुर सुधा का सितार वादक विजय वैद्यको निधन भएको छ। ‘सुरसुधा’ का संस्थापक मध्येका एक वैद्यको आइतबार ५२ वर्षको उमेरमा निधन भएको हो। उनी कलेजो र फोक्सोको रोगबाट पीडित थिए। शास्त्रीय धुनलाई व्यवसायीकरुपमा देश विदेशका मञ्चसम्म पुर्याउने श्रेय उनलाई जान्छ।

उनी पछि ‘सुरसुधा’ बाट अगल भएका थिए। त्यस पछि उनले व्याक्तिगत पहलमा ‘रक सितार’ अभियान चलाइरहेका थिए। वैद्यले सितारको आवाजलाई विद्युतीय रुपमा प्रयोग गर्दै लोकप्रिय बनाइरहेका थिए। उनले सांगीतिक एल्वम पनि निकालेका छन्। वैद्यले सितार सुद्या, म्युजिक अफ पिस, रक सितार लगायतका एल्वम निकालेका छन्।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...