काठमाडौं- गायिका सबिना शेर्पाको ‘पाउजु’ बोलको तीज गीत बजारमा आएको छ । निकै मिठो र सरल प्रस्तुती रहेको गीतमा तृप्ति खड्का(गुरूङ)को शब्द/संगीतमा सन्दीप न्यौपानेले स्वरमा साथ दिएका छन गायिका सबिना शेर्पालाई।
यस गीतको भिडियोमा बिक्रम चौहानको निर्देशन र प्रकाश खड्काको छायांकनमा लक्ष्मण चौहानले सम्पादन गरेको छ। उक्त भिडियोमा सबिना शेर्पा र बिजय गुरूङको अभिनय रहेको छ।
”पाउजु” तीज गीतको पुरा भिडियो हेर्नुहोस।