फिल्म “छार ग्यालम (नयाँ बाटो)”को पहिलो गीत सार्बजनिक

फिल्म “छार ग्यालम (नयाँ बाटो)”को पहिलो गीत सार्बजनिक

एम॰ओ॰सी॰ काठमाडौ—-फिल्म छार ग्यालम(नयाँ बाटो)को पहिलो गीत “यो मन देखी त्यो मन” सार्वजनिक भएको छ । यही बैशाख १६ गते राष्ट्रिय नाचघर जमलमा च्यारिटी शो गरिने फिल्मको गीतमा स्वर पूर्णिमा लामा र सुरेश लामाको अभिनय राहुल मोक्तान(राजिब) र संगीता दोङको रहेका छन् । गितमा शब्द रचना रूपेश लामाको रहेको छ भने संगीत बुद्ध स्याङबाको रहेको छ ।

यो पनि पढ्नुहोस

‘माया मोहनी’मा रक्षा र एन आर बिनोदको…

8 best budget (below Rs 35 lakhs) cars in Nepal

फिल्ममा मूख्य भूमिकामा कुमार मोक्तान, सुनिता लुङबा, लक्ष्मण बिक्रम बस्नेत, संगीता दोङ, राहुल मोक्तान(राजिब), धुर्ब सिं तामाङ (क्षिरिङ),गोकुल तामाङ , हस्तबहादुर तामाङ, सूर्यबहादुर तामाङ, दीपा वाईबा, प्रकाश श्रेस्ठ रहेका छन् ।कोशीपारी फिल्मस् प्रालीको प्रस्तुति रहेको यस फिल्ममा सागर लामा (गोले)को प्रस्तुती रहेको छ ।  राजु किंरातिको द्वन्द, रमेश थापा र बीरबहादुर लामाको नृत्य लक्ष्मण घिमिरेको छायांकन, नवराज गौतमको शृङार रहेको फिल्ममा धनबहादुर तामाङ सागरको निर्देशन रहेको छ।
हेर्नुहोस भिडियो : 

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...