अन्जु पन्तलाई टक्कर दिदै आयो मनिशा गजमेरको पहिलो गीत “कारण”

अन्जु पन्तलाई टक्कर दिदै आयो मनिशा गजमेरको पहिलो गीत "कारण"

नेपाली गीत संगीतको क्षेत्र हरेक दिन बिस्तारै बिस्तार र बिकशित हुँदै छ। नयाँ कलाकारको आगमन र नयाँ प्रयोगका गीत संगीतले अझ स्तरीय गीत संगीत सार्वजनिक हुँदै छ्न। राम्रो लेख्ने र राम्रो संगीत भर्ने सर्जकहरु पनि दिनानुदिन यो क्षेत्रमा प्रवेश् गर्दै छन ।

गीत संगीतमा अत्यन्त रुचि राख्ने चर्चित कर्णप्रिय स्वरका धनी अञ्जु पन्त र पुर्णिामा लामालाई टक्कर दिदै १४ वर्ष बालिका मनिशा गजमेरले पहिलो गीत ”कारण” सार्वजनिक गरेका छ्न। यस गीतमा शब्द/संगीत तथा एरेन्ज एच.बि. रसाइलीको रहेको छ।

नेपाली समाजमाको यथार्थ चित्रण गरिएको यस भिडियोमा प्रेमी प्रेमिका बिच कुनै कारण नदेखाइ एक्कासि सम्बन्ध तोड्नु देखाएको छ। उक्त भिडियोमा विकास थापा मगर, बर्षा थिङ तामाङ र पार्वती तामाङको अभिनय रहेको छ।

यो पनि पढ्नुहोस

RSG ले Album competition गर्दै..

विभिन्न रमणीय क्षेत्रमा छायांकन गरिएको भिडियो छायांकन सागर गौतमले गरेका हुन् भने र्डोनमा सन्तोष महराले साथ दिएका छन।अनिल सुबेदीको सम्पादन र खमेश श्रेष्ठको निर्देशनमा बनेको उक्त म्युजिक भिडियो एकदम राम्रो बनेको र दर्शकहरुले मनपराउने निर्माण पक्षको दाबी रहेको छ।

स्लो रोमान्टिक भर्सनको गीतको म्युजिक भिडियो OSR Digital Entertaining Tha Nation युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ। हेर्नुहोस भिडियो : 

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...