गाउँ गाउँमा बिजुली

भोजपुर

रामप्रसाद राई गाउँ पालिका वडा नम्बर ७ बासिखोराको केन्द्रिय विद्युत प्रशारण लाईन बिस्तार कार्य सम्पन्न गरि आज जिरो पोइन्टमा बत्ति बालिएको छ। आज बासिखोरा जस्तो बिकट र भुगोलले ठगेको ठाउँमा नि केन्द्रिय प्रसारण लाइनको बत्ती बाल्न सफल भएका छौ। यहाँको युवा तथा बासिन्दाको अथक प्रयास र अहोरात्र खटाइ सङ्गै यो कार्य सम्पन्न भएको छ।

२००७ सालको राणा शासन अन्त्यका लागि महान जननायक तथा योद्धा राम प्रसाद राईको जन्म थलो बासिखोरालाई केन्द्रिय प्रसारण लाईनले छुएको हो। यो कार्य सम्पन्न सङ्गै गाउँबासिमा खुशी छाएको छ। अहिले सम्मको कार्यमा लगभग २५-३० लाखको हाराहारी खर्छ भएको अनुमानित छ र उक्त रकम मध्य १० लाख चाहिँ प्रदेश नम्बर-१ मुख्य मन्त्री श्री शेरधन राई तत्कालीन सूचना तथा सञ्चार मन्त्री हुदा छुट्टिएको बजेटबाट गरिएको र चुक्ता गर्न बाकीको लागि चाहिँ केही केन्द्रिय तहबाट छुट्टीएको बजेटबाट गराउनको लागि जोड दिने सोचमा छौ। यस कार्यको लागि विद्युतिय सामग्री जिल्ला प्राधिकरणले उपलब्ध गराएको हो र सामाग्री ध्वानी गर्न बाहेक अरु सम्पूर्ण जनश्रमदानबाट गराइको हो। जनश्रमदानको उपस्थिती हेर्दा उत्साहजनक र अझ अरु कार्य गर्नको लागि अभिप्रेरित गर्ने खाल्को जनमाहोल र जनउपस्थिति थियो।

यो पनि पढ्नुहोस

SSMG 3rd Result LIVE

यस कार्य सम्पन्नका लागि हरतवरमा सहजीकरण र सामन्वय गरि दिनु हुने आदरणीय दाजु पारुहाङ राई र प्राधिकरणका जि.एम. शान्ती शाक्य दिदज्यु लाई सिङ्गो बासिखोराको तर्फबाट धन्यवाद प्रकट गर्न चाहन्छौ।

https://m.facebook.com/story.php?story_fbid=2578390265567781&id=100001904979598

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...