प्रेमीको नाममा सिन्दुर लगाएर नेपाली सेनामा भर्ति हुन लागेकी रञ्जनाले गरिन होटलभित्रै आत्महत्या, सुसाइड नोटमा यस्तो लेखिन् !

बांके कोहलपुरको १० विगाहामा भएको एक होटलको कोठामा एक युवती मृत फेला परेकी छन् । होटल संचालकले कोठामा युवती मृत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय कोहलपुरमा खबर गरेका थिए । होटल मालिकले दिएको सूचनाका आधारमा प्रहरीले कोठा खोलेर हेर्दा युवती आफुले लगाएको सलको पासो पंखामा लगाएर झुण्डिएको अवस्थामा थिइन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानवाट उनको नाम रञ्जना विष्ठ रहेहो र उनी अछामवाट आएको देखिएको छ । नेपाली सेनामा जागीर खाने तयारीमा रहेकी विष्ठको हत्या वा आत्महत्या के हो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनी शनिवार सांझ होटलमा बस्न आएको र उनले आफ्नो नाम शुसिला रावल वताएको होटल संचालकले जनाएका छन् । शनिवार बस्न आएकी युवतीले आइतवार दिउसो १२ वजे पनि कोठा नछोडेपछि होटल संचालक बुझ्न जाँदा उनलाई मृत देखेको होटल सञ्चालकको भनाई छ ।

यो पनि पढ्नुहोस

प्रहरीले उनी झुण्डिएको कोठा खोलेर हेर्दा एउटा मोवाइल र सुसाइड नोट फेला परेको छ । जुन मोवाइल तीन टुक्रा परेको अवस्थामा देखिएको छ भने सुसाइड नोटमा प्रेमीको नाम समेत लेखेकी छन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

घट्ना घटेको थाहा पाए लगतै आफन्तहरु होटलमा रुवाबासी गर्दै पुगेका थिए । आफन्तका अनुसार उनि अविवाहित थिईन् तर उनले कुनै केटाको नाममा सिउदोमा सिन्दुर हालेर आत्महत्या गरेको आशंका गरेका छन् ।

रञ्जना हिजो मात्र चितवनबाट नेपाली सेनामा प्रवेसका लागि दौडेर सेलेक्ट भएर आएको आफन्तले जनाएका छन् ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...