भाइरल ब्वाई अशोक दर्जी लाई ल्याए टंक बुढाथोकी ले

MOC|यूट्यूवमा भाइरल भएका बालक अशोक दर्जि लाई अहिले पछिल्लो समय का चर्चित सङ्गीतकार टंक बुढाथोकीले व्यवसायिक संगीत मा ल्याएका छन्। हिजोसम्म सडकमा उभिएर गीत गाउँदै पैसा बटुल्ने उनी अहिले स्कुल भर्ना भएका छन् र उनको स्वरमा पहिलो गीत पनि रेकर्ड भएको छ ।

झापाका संगीतकार टंक बुढाथोकी र डीजे रुपकको पहलमा उनलाई काठमाडौं ल्याएर गीत रेकर्ड गराइएको हो । अशोकलाई बुढाथोकीले ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बोलको आधुनिक गीत गाउन दिएका छन् ।
‘अत्यन्त चञ्चल स्वभावका भएकाले रेकर्डिङ गर्न अलि समय लाग्यो,’ बुढाथोकीले भने ।
सुर र तालमा निकै मिहिनेत गर्नुपर्ने देखिएको तर, भ्वाइस क्वालिटी राम्रो रहेको उनले प्रतिक्रिया दिए ।

को हुन् त अशोक दर्जी
अशोक अति विपन्न परिवारका बालक हुन् । उनका बुवा ज्यामी काम गर्छन् । खोला छेउमा अरुकै जग्गामा टहरा बनाएर उनको परिवार बस्छ । घरमा रेडियो, मोबाइल केही नभएकाले गीत सुन्ने माध्यम केही छैन । दर्जिलाई थोरै गीत मात्रै गाउन आउँछ । बाहिर निकै सुनेका केही गीतहरु मात्र उनले गाउन सिकेका छन् ।

यो पनि पढ्नुहोस

SSNG Big competition 15 October 2019.

बुढाथोकीका अनुसार अशोकको परिवारमा तीन दिदीबहिनी र उनी छन् । उनीहरु कोही पनि स्कुल जाँदैनन् । अशोक अक्षर चिन्दैनन् । एक देखि १० सम्म भन्न सक्छन् त्यत्ति हो । अक्षर नचिन्ने भएकाले गीत कन्ठ गराउन गाह्रो परेको बुढाथोकीले बताए । गीत रेकर्ड गराइएको भिडियो बुढाथोकीले यूट्यूवमा हालेका छन्, जुन अहिले ट्रेन्डिङमा छ ।

अशोकले गीत गाएको भिडियो यूट्यूवमा भाइरल भएपछि बुढाथोकीले डिजे रुपकसँग सल्लाह गरेका थिए । उनीहरुकै खर्चमा चार दिनअघि काठमाडौं ल्याइएको थियो । अशोकसँग उनका बाबु पनि आएका छन् । उनीहरुलाई कोटेश्वरको एउटा होटलमा राखिएको छ । गीत रेकर्ड सकिएपछि झापा फर्काइने बुढाथोकीले जानकारी दिए ।

मोरङको उर्लाबारीमा रहेको बेथेल एजुकेसनल एकेडेमीले उनलाई १० कक्षासम्म निशुल्क पढाइदिने भएको छ । अशोकलाई स्कुल ड्रेस र पाठ्यसामग्री उपलब्ध गराइएको छ । उनका दिदीबहिनीको पढाईको जिम्मेवारी पनि स्कुलले लिएको छ ।

‘अब हामी अशोकका अभिभावक भयौं, उनी र उनको परिवारलाई निरन्तर साथ-सहयोग दिनेछौं,’ बुढाथोकीले भने । साथै अशोकको परिवारलाई आर्थिक सहयोग गर्न पनि उनले सबैसँग आह्वान गरेका छन् ।

उनले अशोकसँग भविष्यमा एउटा राम्रो आधुनिक गीतका गायक बन्न सक्ने क्षमता रहेको आकलन गरेका छन् ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...