राष्ट्रिय कविता महोत्सवमा युवा कवि ऐश्वर्य श्रेष्ठ भए प्रथम

समाचार। काठमाडौँ — प्रजातान्त्रिक आन्दोलनका योद्धा रामप्रसाद राईको १०९ औं जन्मजयन्ती अवसरमा रामप्रसाद राई स्मृति प्रतिष्ठानले केही महिनाअघि राष्ट्रिय कविता महोत्सव गरेका थिए। उक्त कविता महोत्सवका विजयी कविहरुलाई शनिबार राजधानीको राष्ट्रिय सभा गृह मा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी ज्यु को हात बाट पुरस्कृत गर्‍यो।

यो पनि पढ्नुहोस

झमक कुमारीले के-के पुरस्कारहरु पाए?

8 best budget (below Rs 35 lakhs) cars in Nepal

जसमा भोजपुरका ऐश्वर्य श्रेष्ठ प्रथम, काभ्रेकी सीता भट्टराई द्वितीय र भोजपुरकै बलिराज खुम्बू, दार्चुला का धर्मानन्द भट्ट र भक्तपुरका सागर घिमिरे तृतीय भए का थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रथम, द्वितीय र तृतीयलाई क्रमश: १५ हजार, ७ हजार र ५ हजार रुपैयाँ सहित ताम्रपत्रले पुरस्कृत गरेका हुन् ।

राष्ट्रपति भण्डारीले प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, साहित्यकार प्रदीप नेपाल, शिक्षासेवी उमेश श्रेष्ठ, जगन्नाथ देवकोटा, इन्दिरा याक्थुम्बा, प्रा.डा. गोविन्दमानसिंह कार्की, उमेशजंग थापासहित २६ जना विशिष्ट व्यक्तित्व हरुलाई पनि सम्मान गरेका थिए।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...