माछीले खाने खोलीको लेउ मान्छे ले खाने केक

१ करोड ले हेरे माछीले खाने लेउ

सरोज ओली र मेलिना राईको स्वरमा रहेको गीत ‘माछीले खाने खोलीको लेउ’ करोड नाघेको उपलक्ष्य मा खुशियाली मनाएका छन् । नायिका प्रियंका कार्की, सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको गीतले करोड भ्युज पाएकोमा बुधबार राजधानीमा केक काटिएको हो।

एक महिना युट्युबमा अपलोड गरिएको गीतको भिडियोमा ६८ हजार लाइक र ३५ सयभन्दा बढी कमेन्ट आएका छन् । गीतको भिडियोमा ६ हजार डिसलाइक पनि आएको छ ।

यो पनि पढ्नुहोस

गीतमा शब्द दिनेश थपलियाका को रहेको छ भने वसन्त सापकोटाको संगीत । गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् भने मिक्सिङ किशोर थापाको ले ।

केक काट्ने कार्यक्रममा गीतका रचनाकार थपलियाले गीत लेखेको क्षण सम्झना गरे भने गायक ओलीले गीतबाट एक महिनामा ४ लाख रुपैयाँ कमाएको बताए ।

एक करोड भ्युज पु-याउन सघाउने सम्पूर्णलाई उनले धन्यवाद दिए । उनले अबको केही दिनमै ‘पानी कुवाको’ बोलको नयाँ गीत सार्वजनिक गर्ने घोषणासमेत गरे ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...