पाल्पामा डेंगु संक्रमणबाट एक जनाको मृत्यु

यो पनि पढ्नुहोस

पाल्पामा डेंगु संक्रमणबाट एक जनाको मृत्यु

256Shares
facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
अनलाइनखबर अनलाइनखबर
 २०८० असोज ९ गते ७:२७

९ असोज,बुटवल । डेंगु संक्रमणबाट पाल्पामा एक जनाको मृत्यु भएको छ ।

माथागढी गाउँपालिका-१ चिदीपानी बुढीकोटका ३५ वर्षीय गोविन्द सारुको डेंगु संक्रमणबाट मृत्यु भएको हो ।

तानसनेस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा सारुको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले  बताए ।

सारुलाई असोज ५ गते अस्पतालमा भर्ना गरिएको थियो । उनलाई डेंगुका साथै स्क्रबटाइफ ससमेत पोजिटिभ देखिएको प्रमुख गिरीले जानकारी दिए ।

जिल्लामा डेंगु संक्रमणबाट यसअघि तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिला र स्याङ्जा गल्याङकी एक बालिकाको  मिसन अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो । पाल्पामा हाल डेंगुबाट २ सय ८५ जना संक्रमित रहेका छन् ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...