मुख्यमन्त्रीलाई ज्ञापनपत्र

सुनसरीका कोशी बाढी पीडितको समस्या समाधान गर्न प्रदेश १ का मुख्यमन्त्रीसहित केही मन्त्रीलाई शुक्रवार ज्ञापनपत्र बुझाइएको छ । कोशी बाढी पीडित सङ्घर्ष समितिले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीसप्रसाद कुसियैत, अर्थमन्त्री इन्द्रबहादुर आङ्गवो र सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई ज्ञापनपत्र बुझाएको हो ।

 
यो पनि पढ्नुहोस

Main Course of Indian Curry House

समितिले ११ सूत्रीय माग राख्दै ज्ञापनपत्र बुझाएको समितिका अध्यक्ष पञ्चनारायण मण्डलले बताए। विसं २०६५ भदौ २ गते बाढीले तत्कालीन पश्चिम कुशाहा–४ स्थित स्पर नम्बर १२ दशमलव १० र १२ दशमलव ९० भत्काउँदा हरिपुर, श्रीपुर, पश्चिमकुशाहा र अहिलेको कोशी गाउँपालिकाका वडा नम्बर ३ देखि ८ पूर्णरुपले प्रभावित भएका थिए । बाढीबाट त्यस क्षेत्रका सयौँ घरपरिवार विस्थापित हुँदा पनि पीडितले पाउनुपर्ने क्षतिपूर्ति अहिलेसम्म नदिएको भन्दै क्षतिपूर्तिको माग गर्दै सङ्घर्ष समितिले सरकारलाई ज्ञापनपत्र बुझाएको समितिका अध्यक्ष मण्डलले जानकारी दिए ।

समितिले २१ सय विगाहा जग्गाको क्षतिपूर्ति दिनुपर्ने, १८ सय विगाहा जग्गाको बालीको क्षतिपूर्ति दिनुपर्ने, तीन हजार ३७० पीडित परिवारमध्ये १८ सय पीडित परिवारले पाउनुपर्ने घरफिर्तीवापतको ५५ हजार ७०० क्युविक फिट सखुवाको काठ उपलब्ध गराउनुपर्ने, ५५० सुकुम्बासी परिवारको जग्गा खरीद गर्नुपर्नेलगायतका माग राखेको छ । कोशी बाढीका बेला त्यस क्षेत्रका जग्गा बगरमा परिणत भएकाले सिँचाइको व्यवस्था गर्नुपर्ने, हरिपुर शाखा नहर निर्माण गरेर सिँचाइको व्यवस्था मिलाउनुपर्ने, कोशी टप्पु वन्यजन्तु आरक्षलाई घेराबेरा गर्नुपर्र्ने, कोशी नदी आरक्षबाट हुने सुविधा स्थानीयवासीले पाउनुपर्नेलगायतका माग पनि उनीहरुले राखेका छन् ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राईले कोशी पीडितको समस्या समाधान गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कोशी पीडितको समस्याको विषयमा आफूलाई जानकारी भएकाले प्रदेश सरकारबाट गर्नुपर्ने सबै किसिमको सहयोग गर्नका लागि आफू तयार रहेको बताए । प्रदेश सरकारबाट हुने सहयोग यहीँबाट गर्ने र सङ्घीय सरकारबाट हुने सहयोगका लागि सङ्घीय सरकारलाई लेखी पठाउने समेत मुख्यमन्त्री राईले जनाए। रासस

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...