MMG तेश्रो बार्षिक उत्सब भब्य रुपमा सम्पन्न

1st may 2020, MMG PRAYASH, India “साङ्गितिक यात्रालाई पुर्याउन माथी,MMG Group नै भरपर्दो साथी” मुख्य नारा सहित अनलाईनको माध्यमबाट एकजुट भई समुहमा मिलेर सभ्य र भव्य तवरले Melody Musical Group(MMG) तेस्रो बार्षिक उत्सव समापनका साथै अनलाईनका कार्यमा छुट्टै ईतिहास रच्न सफल भएको छ।

Today Media pvt.ltd. र Melody Nepal Production संगको सहकार्य बाट सन् 2017 May 01 मा स्थापित Melody Musical Group (MMG) परिवारको तेस्रो वार्षिक उत्सव लाईभ कल मार्फत 5 दिनको अन्तरालमा 65 भन्दा बढी समुहहरूको सहभागिता गरिएको छ।MMG समुहका प्रबन्ध निर्देशक प्रयास सुबेदी को सभापतित्व, प्रमूख अतिथि नेपाली सिने निर्माता तथा मोडल कला राई , बिशिष्ट अतिथी SANGAM निमा शेर्पा ,AMG निलिमा साम्पाङ राई , SSOG किशु गुरूङ रहेको MMG समुहका सह संस्थापक एलियन राईले जानकारी दिनुभएको छ।

यो पनि पढ्नुहोस

रातो घुम्टो (Prabin Official,MMG & SSOG) परिवारद्वारा प्रायोजित विशेष “Duet Cover Song” मा आंखाको नानी शोल्टिनी,रातो घुम्टो र शोल्टिनी ज्यु Cover गित मध्य उत्कृष्ट TOP 30 लाई Melody Musical Group Official Facebook Page बाट Release गरि Maximum पब्लिक Views को आधारमा AMG निलिमा राई,RSG योन्जन राई, SSOG रितिस्मा,सुमि थापा र Double बिजेता MOC विशाल राई लाई सम्मान स्वरूप सम्मान-पत्र र नगद रू 5/5 हजार का दरले सम्मानित गरेको जानकारी MMG समुहका एड्मिन बिक्रम लिम्बुले दिनुभएको छ।
पाँचदिने कार्यक्रमहरूमा प्रत्येक समुह बाट एकजना लाई समाबेश गरि हरेक दिन Lucky Draw बाट team विभाजन गरि Team Sagarmatha, Team Makalu,Team Kanchanjanga,Team Annapurna र Team Dhaulagiri फरक सैलिबाट “Power of Teamwork” लाई दर्साउदै पहिलो दिन हाम्रो नेटवर्क (HN) प्रायोजित “Guess The Song” बिजेता Team Dhaulagiri,दोस्रो दिन प्रबिन अफिसियल (PO) प्रायोजित कार्यक्रम “अक्षर एक शब्द अनेक”बाट Team Makalu,तेस्रो दिन MMG विशेष कार्यक्रम अन्तर्गत “Change The Rhythm” बाट Team Dhaulagiri र चौथो दिनको कार्यक्रम “MMG Musical Quiz” मा Team Dhaulagiri बिजेता बन्न सफल भएका छन। प्रत्येक विजयी समुहका हर एक Particepents लाई प्रेरणा,हौसला र प्रोत्साहनका निम्ति सम्मान-पत्र को साथमा Rs 500 को Recharge Card समेत प्रदान गरिएको जानकारी MMG समुहका Admin पुनम लिम्बु ले दिनुभएको छ।

सामाजिक संजाल यो जमानाको हतियार हो।हामी सबैले यसलाई सहि तरिकाले प्रयोग गरेर Musical Industry लाई मात्र नभएर व्यक्तिगत विकास,सामाजिक कार्य देखी अनगिन्ति राम्रा कार्यहरू गर्न सक्छौ जसले भोलिका दिनमा एउटा छुट्टै पहिचान सफल बनाउने छ। सम्पूर्ण सहयोगि साथ र हातहरूलाई मन मुटुबाट नै धन्यबाद तथा आभारि प्रकट गर्दछौ भन्दै समापन सभ्य र भव्य भएको जानकारी MMG समुहका Creater Founder हरि गोतामे ले जानकारी दिनुभएको छ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...