मलेशियामा नेपाली सेक्युरिटी गार्डले झुन्डिएर आत्माहत्या।

MOC न्युज काठमाडौ, २३ माघ । मलेशियामा सेकुरिटी गार्ड गर्दै आएका झापाको  कनकाई नगरपालिका वडा न. ६ चपरामारी स्थायी घर भएका एक युबकले घाँटीमा डोरीको पासो लगाई आत्माहत्या गरेका छन।

झापाको कनकाई नगरपालिका वडा न. ६ चपरामारी स्थायी घर भएका रबिन्द्र कुमार नेपालीले  आज बिहान ६:३५ बजे केलाए एरपोर्ट नजिकैको ऊनीहरू बस्ने होस्टल छेउको रूखमा डोरीको पासो घाँटीमा लगाई झुन्डिएर आत्मा हत्या गरेको छ। होस्टेलमा संगै बस्ने साथीहरूले मलेशियाको समय अनुसार दिउसो १ बजे तीर झुन्डिएको अबस्थामा देखेको थियो। लाशलाई पोस्टमार्टमको लागि मलेशियन प्रहरीले लगेको छ।

यो पनि पढ्नुहोस

मृतक रबिन्द्र कुमार नेपाली रोजगारीको शिलशिलामा मलेशियाको Freightwatch G Patomotoh Security Services Sdn. Bhd. कम्पनीमा २०१३ मा गएको र ४ बर्ष पछि २०१७ मा नेपाल फर्केका थिए। फेरी रोजगारीको शिलशिलामा Freightwatch G Patomotoh Security Services Sdn. Bhd. कम्पनीको न्यू भिजा लगाई अगस्ट २०१९ मा मलेशिया गएको थियो।


आत्माहत्या किन के कारणले गरयो भनेर खुल्न आएको छैन। उ संगै काम गर्ने साथीको भनाई अनुसार सामान्य बिरामी भए पछि क्लिनिक गएको औषधी सेवन गर्दै बसेको कम्पनीलाई हस्पिटल लैजान आग्रह गरेको भएपनि कम्पनी सूपर भाईजरले हस्पिटल लैजान आउछु आउछु भनि नआएको ले मृतक नेपाली फेब्रूरी १ तारिक देखी ड्यूटी पनि गएको थिएन। 

मृतक नेपालीको डेड बर्षकी एक छोरी र श्रीमती छिन।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...