“मुक्तक दोहोरी” “निर्मला योन्जन VS कृष्ण अधिकारी”

                    “मुक्तक दोहोरी सवाल जवाफ “                        

कृष्ण
तिम्रो सबै खुशीहरु मैले किन्न सकिन।
देखावटी तिम्रो माया मैले चिन्न सकिन।
देखे मैले तिमिलाइ अरुको अङ्गालोमा
कसैगरी त्यो माया मैले छिन्न सकिन।

निर्मला
म अरुको अङ्गालोमा देख्दा कस्तो महसुस भयो।
तर मलाई तिमी भन्दा प्यार जस्तो महसुस भयो।।
तिमीले गर्ने माया र उसले गर्ने मायामा फरक छ।
उसले माया गर्दा तिम्रो माया सस्तो महसुस भयो।

कृष्ण
तिमिलाइ अरुको अङ्गालोमा देख्दा मरुजस्तो भयो।
अब त यो धर्ती छोडेर मृत्युतिर पो सरु जस्तो भयो।
के फरक पायौं र मेरो माया र उसको मायामा तिमीले
अब त दिएको धोका बाट सात समुन्द्र तरुजस्तो भयो।

निर्मला
चिन्ता नगर तँ अरु नै बिहे गर
अब मेरो होइन अरुकै भर पर
चाहेर पनि अब तिम्रो हुन्न म त
विगत छोडेर म बाट नि पर सर

कृष्ण
तिमी भन्दा अरु कोहि सोच्दिन म
भैगो अब त अरु केटि बोक्दिन म
तिमिले मलाई धोका दियौं निष्ठुरी
अब म कहिल्यै कोही रोज्दिन म

निर्मला
तिमीले मलाई अझै स्विकार्छौं भने
म भएपछि जिन्दगी तिखार्छौं भने
म फर्केर आउँछु प्रिय! कृष्ण काले
भुन्टी बिना जिन्दगी बिगार्छौं भने

कृष्ण
तिमि पराइ भयौं भनी म सधै रोएको थिए।
अनगिन्ती आँसुले मुहार हो धोएको थिए।
तिमी त निष्ठुरी बनी गयौं नि छोडी पहिल्यै,
गएनी तिमी मैले तिम्रै तस्वीर छोएको थिए।

निर्मला
अब आए म तिम्रो लागि फर्केर
तिम्रै लागि उ सँग आँखा तर्केर
अब मलाई खुब प्यार गर प्रिय!
उसलाई छोडेर आए म झर्केर

     निर्मला योञ्जन                VS              कृष्ण अधिकारी

       सिन्धुली                                                बर्दिया

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...