समाजसेवी गायक/संगीतकार सूर्य कमल राई जन्मदिनमा बाल आश्रम

MOC|गायक, संगीतकार एवं राई दनुवार कलाकार संघका संस्थापक अध्यक्ष समेत रहेका समाजसेवी कलाकार सूर्य कमल राईले आफ्नो जन्मदिन चोभार स्थित सगरमाथा बाल आश्रम मनाए। उक्त कार्यक्रमका प्रमुख अतिथि वरिष्ट कालाकार दिपक क्षेत्री तथा अहिलेका चर्चित तथा व्यस्त संगीतकार विकास चौधरीलाई विशेष पनि सम्मान गरेका थिए ।

यो पनि पढ्नुहोस

Aayoush Singh Thakuri Alizeh Jamali New Interview


रौतहट जिल्लाको गुजरा नगरपालिका–५ हरिहपुरमा जन्मेका गायक राई विगत लामो समय देखि नेपाली संगीतिक क्षेत्रमा संघर्षरत रहेका छन् । एक दशक भन्दा बढी समय नेपाली संगीत क्षेत्रमा बिताएका राई आफ्नो सोलो एल्वम चिराग र च्याट दर्शक तथा श्रोता सामु ल्याइसकेका छन् भने आफ्नो तेश्रो सोलो एल्वम नेट बजारमा ल्याउने तयारी गरिरहेका छन् । गायक राईले आफ्नो तेश्रो एल्वम नेटनको सम्पुर्ण काम सकिएको र अबको केही समयमा नै श्रोता माझ आउने कुरा तराई एक्सप्रेसलाई बताए । गायक तथा संगीतकार राईले आफ्नो जन्मदिन कै अवसर पारेर एउटा म्युजिक भिडियो पनि सार्वजनिक गरेका छन् । दिनेश जंग थापाको प्रस्तुती, रोशन कुमारको निर्देशन, एन.बि.अञ्जानको शब्द तथा सुर्य राई कमलको स्वर रहेको यो मेरो जिवन नामक गीतको भिडियो सार्वनिक गरिएको हो । गायक राईको जन्मदिनको उक्त कार्यक्रम मार्फत निर्देशक दिपक क्षेत्रीले राई दनुवार भाषाको डेली ( पुर्लुङग) नामको चलचित्र बनाउने घोषणा समेत गरेका छन ।सो जन्मदिन विशेष कार्यक्रममा कलाकार नारायण नेपाल, मोडेल सविना केसी, सुभाष दनुवार लगाएतको उपस्थिति रहेको थियो ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...