यातायात व्यवसायी द्वारा नेपाली गीत सङ्गीत नबजाउन विज्ञप्ति जारी

MOC। सङ्गीत रोयल्टी सङ्कलन समाज नेपाल ,प्रस्तोता समाज नेपाल र सङ्गीत उत्पादक समाज नेपाल को पहलमा मा जारी यातायात व्यवस्था कार्यविधि निर्देशिका को घोर विरोध गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सम्पूर्ण सार्वजनिक यातायात मा अर्को सुचना नभए सम्म को लागि नेपाली गीत सङ्गीत प्रतिबन्ध गर्न विज्ञप्ति जारी गरेको छ।

यो पनि पढ्नुहोस

युवा गायक सिजम सिंजाली मगर सम्मानित..

Top 10 Electronics Cars


विज्ञप्ति मा लेखिएको छ एकतर्फी रूपमा सरोकारवाला यस महासंघ सँग समन्वय नै नगरी नेपाल भर संचालित सवारी लाई अनिवार्य रोयल्टी नभए सवारी नै नबिकरण नहुने भन्ने निर्णय प्रति गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं भनिएको छ।
यातायात व्यवस्था विभाग बाट एकतर्फी रूपमा सार्वजनिक गरिएको सङ्गीत रोयल्टी एवं मनोरंजन कर हाल लाई नबुझाउन र सम्पूर्ण सार्वजनिक सवारीमा नेपाली गीत सङ्गीत नबजाउन विज्ञप्ति जारि गरेको छ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...