“जिन्दगी हो आँसु हाँसो” चर्चित गायिका रीमा गुरुङ होडा को नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक

संगीतकार अविदको संगीतमा कवि, गीतकार, गायक एवं साहित्यकार सुरेन्द्र महर्जन"अमर" को रचना

MOC।जिन्दगीको बारेमा लेखिएको सुखदुःख, मान्छेका जिन्दगीमा घट्ने घटना आदि समेटिएको गीत “जिन्दगी हो आँसु हाँसो” नेपाल हुँदै हाल अमेरिकामा बस्दै आएकी गायिका रिमा गुरुङ होडाको सुन्दर सुमधुर आवाजमा सजिएको संगीतकार अविदको संगीतमा कवि, गीतकार, गायक एवं साहित्यकार सुरेन्द्र महर्जन”अमर” को रचनाको यस गीतले यथार्थमा जिन्दगीको बारेमा बोल्न खोज्दै छ । बिझाउने मनका घाउ सबै फ्याँक्नु पर्ने अनि बाँच्न सकिने हुन्छ भने चाहनामा खुशी हुनेहरू सँधै बाँच्न चाहन्छ । सुखमा न मातिएर दु:खमा न आतिएर वेदनाले मुटु पोल्दा मन दह्रो पार्नुपर्ने कुरा बताउँछ र जिन्दगीमा सुखदु:खसँग लड्नु पर्ने जिन्दगीका कथा बेग्लै दु:ख बेग्लै मान्छे अनुसार दैवको खेल बेग्लै हुन्छ । मान्छे मान्छेले गर्ने व्यवहारका विषयमा गर्ने कुराहरू समेत समेटिएको माया प्रेमभन्दा फरक गीत दर्शक स्रोता माझ नयाँ ढंगबाट पस्किएको छ ।

यो पनि पढ्नुहोस

TOP 60 Theater Round


राइजिङ्ग क्रियटिभ मिडियाको प्रस्तुति यस गीतमा सुरज बस्नेत, प्रतीक्षा र नृत्य जगतमा छुट्टै पहिचान बनाइ सकेकी रुबिना श्रेष्ठको नयाँ एवं दर्शक स्रोताले पत्याउनै नसक्ने सुन्दर र मार्मिक अभिनय रहेको गीतको म्युजिक भिडियो प्रदिप खड्काको निर्देशनमा तयार भएको छ ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...