Line एप्समा मेलिना राई किन?

कमान सिं मुक्सु, कोरिया । नेपाली गित संगीतको क्षेत्रलाई बलियो र फराकिलो हुॅंदै जाॅंदा यत्ती बेला डिजिटल प्रबिधीले निक्कै नै प्रभाबकारी भुमिका खेलिरहेकोछ। अन्लाईन बाटै दिन प्रतिदिन स्तरिय र गुणस्तरिय नेपाली म्युजिक भिडियोहरु सार्बजनिक भईरहेका छन्। जस मध्येबाट आज ६ अक्टोबरको २०२० को दिन Melody Musical Group / MMG परिवारले “आज किन” म्युजिक भिडियो सार्बजनिक गरेकोछ।
बहुचर्चित गायिका मेलिना राई र एम.एम.जी सदस्य थमन मगर स्काईको आवाजमा रहेको यस गितमा शब्द संगित निमा शेर्पाको रहेकोछ।
गुणस्तरियतालाई ध्यानमा राखी कुनै कोणबाट सम्झौता नगरी गरिएको लगानीले धेरै दर्शक र श्रोताको मन जित्ने बहुप्रतिक्षित म्युजिक भिडियो बनेको आयोजक टिमको दाबी छ।
गायिका स्वयमकै प्रमुख अतिथ्यतामा सम्पन्न लाईन एप्लिकेशनको अन्लाईन कलमा नयाॅं ईतिहाॅस कायम भएकोछ। २०० भन्दा धेरै प्रत्यक्ष्य लाईभ कलमा रही बिमोचित गित “आज किन” म्युजिक भिडियोको समिक्षात्मक अन्तर्क्रियामा
अन्लाईनबाटै कुना कन्दरामा रहेका प्रतिभाहरुको सुन्दर भाग्य र भबिष्य रहेको मेलिना राईको भनाई थियो।
सो कार्यक्रममा अग्रज श्रष्टा तथा संगित संगितकर्मिहरुका समिक्षात्मक भनाई संगै कलाकार एवम् बिभिन्न समुहका प्रतिनिधीरुका आशिर्बादहरु पनी संगालिएका थियो।

भिडियो लिंक

Comments (0)
Add Comment