ईतिहास लेख्ने होडमा MOC

MOC News ~ ९ भाद्र २०७५। एम॰ओ॰सी॰

अनलाईनको दुनियाँमा पहिलो पल्ट सुर संगालो परिवार एबम हाम्रो नेटवर्कको सहजीकरणमा हाम्रो स्मुल आईडल “Hamro Smule Idol” कार्यक्रम संचालन हुदैछ। MOC को पनी बिशेष सहकार्यमा रहेको कार्यक्रम आउदो भाद्र ११ अर्थात २७ अगस्ट बाट सुरु हुँदैछ, जस्मा एम.ओ.सि बाट प्रतीनिधित्व गर्दै
MOC_सुहां कुलुंग, MOC_रबिन लिम्बु, MOC_दिवाकर राई, MOC_सिसाकला राई र MOC_सपुन लिम्बुको बेजोड् प्रस्तुती रहने एम ओ सि बिशेष श्रोतले जनाएकोछ।
कार्यक्रममा बिश्वभरीका नेपालीहरुलाई विभिन्न १२ वटा अनलाईन समुहले सहकार्य गरि प्रस्फुटन गरेको छ। कानूनी रूपमा सूर संगालो परिवार (SSP)ले प्रायोजन गरेको यस आईडल निर्णायकमन्डलमा नेपाली सांगीतिक क्षेत्रबाट संगीतकार श्री रिदम कडेल ज्यु र श्री जयराम खनाल ज्यु अनुबन्धित हुनुभएको छ।

विश्वभरी छरिएर रहेका संगितकर्मी नेपालीहरुलाई अनलाइनको अवधारणाले एउटै मालामा उन्ने काम १२ वटा समुहको हाम्रो नेटवर्कले गरिरहेको छ। भौगोलिकताको दुरीले टाढा रहेता पनि नेपाली मौलिक संस्कार र संस्कृतिलाई बचाउँन सक्ने समाजको ऐना मध्ये नेपाली गित संगित पनी एक हो; अनलाईनको माध्यमबाट आफ्नो सांगितिक भबिष्यको खोजिमा लागिरहेका नेपाली युवाहरुको जमातलाई केहि प्लेटफर्म दिने यो कार्यक्रमको अर्को मुल उद्देश्य हो। यो प्रतियोगिता नेपाली सांगितीक क्षेत्रको नौलो आयामिक, फरक शैली र ठुलो प्रक्रिया बनेको छ; ७ चरणको यस नेपालको पहिलो अनलाईन आइडलमा संगितप्रेमी र सांगितिक क्षेत्रमा आफ्नो छवि बनाउन चाहने नेपाली युवाहरूको लागी अनलाईनको दुनियाँमा प्रेरणादायीक कोसेढुंगा साबित हुने आयोजक कमिटिका निर्देशक बिजय ग्लानको दाबी रहेको छ।

Comments (0)
Add Comment