इलाम–१ मा कडा प्रतिस्पर्धा, कांग्रेसका निश्कल राई अग्रस्थानमा

इलाम–१ मा कडा प्रतिस्पर्धा, कांग्रेसका निश्कल राई अग्रस्थानमा

इलाम — प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत इलाम क्षेत्र नं. १ मा मतगणना जारी रहेको छ। पछिल्लो अद्यावधिक मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार निश्कल राई अग्रस्थानमा रहेका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्मको मतपरिणाम यस्तो रहेको छः

• निश्कल राई (नेपाली कांग्रेस) — १३,६३१ मत

• विनोद नेम्बाङ लिम्बु (श्रम संस्कृति पार्टी) — १३,२६८ मत

• काजीमान कागते (नेकपा एमाले) — ११,५६१ मत

• विमल गदाल (राष्ट्रिय स्वतन्त्र पार्टी) — ८,६१६ मत

• रणबहादुर राई (नेकपा) — ६,७३० मत

मतान्तर निकै कम भएकाले शीर्ष दुई उम्मेदवारबीच प्रतिस्पर्धा कडा देखिएको छ। श्रम संस्कृति पार्टीका उम्मेदवार विनोद नेम्बाङ लिम्बु कांग्रेसका निश्कल राईभन्दा केही मतले मात्र पछाडि रहेका छन्।

हाल मतगणना प्रक्रिया जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Loading...