AST दोश्रो बार्षिक उत्सब भब्य तयारी

30 may 2020 SAUDIAST अल सिङ्ग टुगेदर ग्रुपले आफ्नो दोस्रो वार्षिक उत्सवको जानकारी दिन सल्लाह, सुझाव संकलन गर्ने हेतुले 29 may 2020 मा संस्थापक एवं पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा अल सिङ्ग टुगेदर ग्रुपकासंस्थापक तिलक तामाङले . एस. टी. ग्रुप स्थापना गर्नुको उद्देश्य . एस. टी. ले स्थापना कालदेखि अहिले सम्मगरेको क्रियाकलाप को बारेमा जानकारी दिनुभयो। सोही कार्यक्रममा . एस. टी. ग्रुपका सहसंस्थापक मान मगरलेदोस्रो वार्षिक उत्सव समारोह मा हुने कार्यक्रमको बारेमा प्रकाश पार्नु भयो। जुन 1 तारिख 2020 मा उद्‍घाटन कार्यक्रमसंगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गर्दै वार्षिक उत्सव समारोह जुन 5 तारिख 2020 मा समापन हुने सहसंस्थापकमान मगरले जानकारी दिनुभयो। यस्तै वार्षिक उत्सव कार्यक्रममा हाम्रो नेटवर्क परिवारले आयोजना गर्ने कार्यक्रमकोबारेमा म्युजिक प्लस ग्रुपका संस्थापक राजु पुन मगरले सो कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो। कार्यक्रममाएम. एम. जी. संस्थापक ह्यारी गोतामेले पनि बोल्नु भएको थियो।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...