गायक सुशान कुँईकेल नयाँगीत सर्वाजनिक

काठमाडौँ | गायक सुशान कुँईकेल र गायिका जितु लोप्चन’को दोहोरी ब्याटल गीत “फुच्ची”सार्वजनिक भएको छ |गायक सुशान कुँईकेल बहु प्रतिभाका गायक हुन्, गायक कुँईकेल फरक फरक विधाका गीत गाउने अब्बल गायक भन्दा पनि फरक नपर्ला , केहि समय अघि उनको आवाजमा “कान्छी”बोलको पप गीतले पनि चर्चा परिचर्चा कमाएको थियो ।

सोहि अनुरुप उनले अहिले लोक पप दोहोरी ब्याटल ‘फुच्ची’ गीत बजार ल्याएको केहि समयमै उनको गीतको चर्चा परिचर्चा हुन लागेको छ । गायक सुशान’लाई गायकीमा गायिका जितु लोप्चनले साथ दिएकि छन् । गीतमा रुपक अधिकारि शब्द ,बाल कृष्ण सेवाचार्य ‘को संगीत तथा संगीत संयोजन रहेको छ भने,गीतको भिडियोमा निर्देशन बाल कृष्ण सेवा’ छायाँकन तथा भिडियो सम्पादन अशोक रंजित’को रहेको छ । उक्त भिडियोमा गायक सुशान कुँईकेल ,सम्रिना बस्नेत र साथीहरुको रमाईलोअभिनय देख्न पाईञ्छ ।

यो पनि पढ्नुहोस

गायक सुशान भन्छन यो दोहोरी ब्याटल टाईपको गीत हो यसमा सिम्पल टिपिकल र समय सान्दर्भिक शब्दहरु समाबेश छन् । आशा छ यो मेरो गीतलाई दर्शक स्रोताहरुले मन पराइदिनुहुने छ । गीत’को भिडियोलाई फ्लुत्तेर म्युजिक नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ |

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...