जयकिशन बस्नेत र धिरज राईले दिए शुभकामना ” भिआईपी पारामा” भिडियो सहित

काठमाडौं । युवा उमेर अनि विभिन्न रहरहरु । मनमा लागेको काम समयमा गर्न पाईएन भने बिराईने बाटो अनि परिपक्क बने पछिको पछुतो । यही सत्यतामा आधारित रहेर गायिका तथा मोडल रिता तामाङले भिडियो सार्वजनिक गरेकी छिन् । उनको आफ्नै शब्द, संगीत र स्वरमा भिआईपी बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

बुधबार अनामनगरमा आयोजित भिडियो सार्वजनिक कार्यक्रम चर्चित गायक एवम पछिल्लो समय बुद्धको जन्मभूमि बारेको भ्रम चिर्ने अभियानका प्रमुख अभियन्ता धिरज राईको प्रमुख अतिथ्यतामा सम्पन्न भयो । उक्त कार्यक्रममा गायक हिमाल सागर तथा नायक एवम निर्देशक जय किशन बस्नेतको समेत उपस्थिती रहेको थियो । सार्वजनिक भएको भिडियो र गायिका एवम मोडल रिता तामाङको सफलताको लागी सहभागी अतिथीहरुले शुभकामना दिएका थिए ।

यो पनि पढ्नुहोस

RSG ले Album competition गर्दै..

चन्दा दाहालको जिन्दगीको एकै पलमा

गायक तथा संगीतकार ताराबीर पाण्डेको निर्देशनमा योदिन सम्बाहाम्फेको छायाँकन तथा तुलसी बाँस्कोटाको सम्पादन रहेको भिडियोमा रिता तामाङको जोडीको रुपमा सुशिल गिरीले भूमिका निर्वाह गरेका छन् भने श्रीराम श्रेष्ठ, आरती खत्री, हरि शरण गिरी, सुजन गिरी र बिनोद गिरीको पनि विशेष भूमिका रहेको छ । यस भिडियोको सार्वजनिक कार्यक्रम यमन इभेन्ट मेनेजमेन्टकी अध्यक्ष पारिजात बरालको सभापतित्वमा सम्पन्न भएको थियो ।

भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस् :

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...