भजन संग्रह बिमोचन

काठमाडौँ /ब्रह्मज्ञान’ सन्देश बोकेको (जागनी सन्देश) भजन संग्रह बिमोचन सम्पन्न तिलोत्तमा नगरपालिका १ शंकरनगरमा गत कार्तिक २२ गतेबाट शुरु भएर २४ गते सम्म संचालन भएको त्री दिवसिय ब्रह्मज्ञान महायज्ञमा जागनी सन्देश भजन संग्रह बिमोचन गरिएको थियो । उक्त महायज्ञ निजानन्द युवा परिषदनेपालको आयोजनामा भएको थियो ।महायज्ञको शुभारम्भको अवसरमा प्रदेश ५ का पर्यटन उद्योग बन एवम वातावरण मन्त्री लिला गिरिले युवा जमातलाई सहि दिसामा हिंडाउन यस्तो कार्य आवस्यक रहेको बताए ।

साथै जागनी संदेश’को मूल लक्ष्य ब्रम्हज्ञान’को माध्यम’बाट स्वयम् जागृत भएर अरुलाई पनि जगाउनु र सत्यको मार्ग सहित अरुलाई पनि सत्यको मार्गमा लाग्न उत्प्रेरित गर्नु साथै म को हुँ? कहाँ बाट आएको हुँ ? जन्मे पछि मर्नु सत्य हो र मृत्यु पश्चात मेरो आत्मा कहाँ जान्छ? र मेरो आत्माको मालिक को हुनुन्छ ? भन्ने सबै प्रश्नको उत्तर जगनी सन्देश’मा ब्रम्हज्ञान मार्फत पाईने उक्त बिमोचन कार्यक्रममा परिषद अध्यक्ष लक्ष्मण न्यौपाने प्रकाश पार्नु भएको थियो ।

यो पनि पढ्नुहोस

Dipesh Pun, son of former Vice President, arrested Police…

यस्तै यस्तै प्रश्नको उत्तरको लागी मानव जाति सबैलाई ज्ञान’को जरुरत हुन्छ, संसारमा ज्ञान भन्दा पबित्र गराउने कुनै बस्तु छैन । ज्ञान’को माध्यमले’नै यस मानव चोला’बाट मुक्ति पाउन सकिन्छ ।ज्ञानलाई पनि विभिन्न धर्मग्रन्थमा अनेक नामले परिभाषित गरेता पनि सबै ज्ञान’को मूल रुप भनेको’नै ब्रम्हज्ञाननै हो । त्यहि ब्रम्हज्ञान’को सार तत्वलाई समेटिएर तयार पारिएको भजन एल्बम हो जागनी संदेश ।

सबै मानव हृदयमा सकारात्मक सोंच,चाल, मार्ग र लक्ष्यलाई लिएर मूल स्वरूप पूर्ण ब्रम्ह परमात्मा श्री प्राणनाथ जी’को चरण कमलमा सदा<सदाको लागी आफ्नो तन,मन र धन’लाई समर्पित गराउनुनै जगनी संदेश एल्बमको मूल संदेश रहेको पनि परिषद अध्यक्ष लक्ष्मण न्यौपाने’ले बताउनु भएको थियो ।

उक्त बिमोचन कार्यक्रममा परिषद अध्यक्ष लक्ष्मण न्यौपाने, महासचिव ज्ञानबहादुर श्रेष्ठ लगायतले बोलेका थिए । सो अबसरमा जागनी सन्देश भजन संग्रह बिमोचन पनि गरिएको थियो । भजन संग्रहमा ६ वटा भजन रहेका छन् । साथै गायक/ संगीतकार अनुप रेग्मी’ले कार्यक्रमा आफ्नो भजन प्रस्तुति पनि दिएका थिए ।

भजनमा गायक स्वरुप राज आचार्य ,अनुप रेग्मी, बानिका प्रधान,कर्मा शेर्पा,धन बराईली रहेका छन् भने, शब्द/ संगीत नेपाली गीत संगीतलाई असाध्यै मायाँ गर्ने अमेरिका बसोबास गर्दै आएका लोकआधुनिक तथा भजन गीतकार तथा संगीतकार यदीन गजमेर’को रहेको छ । साथै भजनमा नवराज श्रेष्ठ र सीता सापकोटाको पनी शब्द रहेका छन् ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...