पिजी सर्टिफिकेट पाएको चलचित्र हिरो नं. १ यही आउँदो भाद्र २७ गते देखि देशब्यापी प्रर्दशन हुदैँ

काठमाडौं । नायक जय किशन बस्नेतको लेखन, निर्माण, निर्देशन तथा प्रमुख भुमिका रहेको चलचित्र हिरो नं. १ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिबाट सेन्सर पास भएको यस चलचित्रले पिजी सर्टिफिकेट पाएको छ ।

जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा जय किशन बस्नेतको साथमा जाहान्वी बस्नेत, संघरत्न महर्जन, शोभित बस्नेत, लय संग्रौला, टार्जन लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ भने ताराबीर पाण्डे, हरि थापा र सुर्य रुम्बाको संगीत, शंकर महर्जनको द्वन्द, बिनोद सापकोटाको छायाँकन र सुदिप पाण्डेयको सम्पादन रहेको छ ।

यो पनि पढ्नुहोस

युवा गायक सिजम सिंजाली मगर सम्मानित..

Opration success

मदन ताम्राकार कार्यकारी निर्माता र बिक्रम माङ्मु एवम बिशाल गुप्ता सह निर्माता रहेको यो चलचित्र हिरो नं. १ यही आउँदो भाद्र २७ गते देखि देशब्यापी प्रर्दशनमा आउँन लागेको छ । निर्माण क्रममा नै व्यापक चर्चा भएको यो चलचित्रलाई विशेष तरिकाले हेरिएको छ । यस भन्दा अगाडी सार्वजनिक भएका गीत र ट्रेलर एवम अन्य प्रचार सामाग्रीमा दर्शकले दिएको सकारात्मक प्रतिक्रियाबाट पनि नायक एवम निर्देशक जय किशन बस्नेत हिरो नंं. १ सफल हुनेमा उत्साही देखिन्छन्

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...