चलचित्र हिरो नं. १ को ट्रेलर सार्वजनिक

काठमाडौं । नायक जयक किशन बस्नेतले निर्माण गरेको पछिल्लो चलचित्र हिरो नं. १ को ट्रेलर सार्वजनिक भएको छ । नायक बस्नेतकै सञ्चालनमा रहेको मोबाई टिभी नामक युटुव च्यानल मार्फत चलचित्रको ट्रेलर सार्वजनिक भएको हो ।

जय किशन बस्नेत फिल्मस्को ब्यानरमा निर्माण भएको यस चलचित्रमा जय किशन बस्नेत, एलिना रायमाझी, जाहान्वी बस्नेत, लय संग्रौला, राजिव जंग बस्नेत, संघरत्न महर्जन, शोभित बस्नेत, मदन ताम्राकार, टार्जन, शुभेच्छा थापा, प्रनिप अधिकारी लगायतका कलाकारहरुले अभिनय गरेका छन् भने बिनोद सापकोटाको छायाँकन, ताराबीर पाण्डे, हरि थापा र सुर्य रुम्बाको संगीत, शंकर महर्जनको द्वन्द एवम सुदिप पाण्डेको सम्पादन रहेको छ ।

यो पनि पढ्नुहोस

संखुवासभामा हेलिकप्टर दुर्घट्ना

झमक कुमारीले के-के पुरस्कारहरु पाए?

ब्रबिम बस्नेत र जाहान्वी बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्र हिरो नं. १ मा बिक्रम माङ्मु र बिशाल गुप्ता सहनिर्माता रहेका छन् । त्यसै गरी मदन ताम्राकार कार्यकारी निर्माता रहेको चलचित्रको लेखन, निर्माण र निर्देशन जय किशन बस्नेत स्वयमले गरेका छन् । आफ्ना अघिल्ला चलचित्रमा झैं यस चलचित्रको ट्रेलरलाई पनि दर्शकले माया गर्नेमा नायक, निर्माता तथा निर्देशक जय किशन बस्नेतले बिस्वास लिएका छन् । चलचित्रको प्रदर्शन मिति भाद्र २७ लाई तोकिएको छ ।

ट्रेलर हेर्न लिंकमा क्लिक गर्नुहोस् :

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...